सांगीतिक परिवारमा जन्मियका गायक सन्जिब कुमार पौडेल सानै देखि संगीत सिक्दै अगि बढिरहेका छन्| संगीतकर्मी स्वर्गीय पिता बाट प्रारम्भिक संगीत सिकेका सन्जिब अहिले संगीतकार बहिनि रेखा संग गित गायर सांगीतिक यात्रा निरन्तर गरिरहेका छन्| केहि वर्षा अगि अठोट एल्बम सार्बजनिक गरेका संजिबले सोहि एल्बमको “मुस्कुराउदै आयौ तिमि” बोलको गितको भिडियो अहिले सार्बजनिक गरेका छन्| डा. कृष्ण हरि बरालका रोमान्टिक शब्दमा सुरिलो संगीत भरेकी छिन् संगीतकार रेखा पौडेलले| आधुनिक तथा गजल संगीतमा सर्बाधिक रुचाइयका संगीत संयोजक मध्ये एक किरण कंडेलको संगीत संयोजन रहेको छ|
गायक संजोब कुमार र गायिका रजीना रिमाल श्रेष्ठको सुरिलो स्वरमा सजियाको यो गितको भिडियो सुमित लामाले निर्देशन गरेका छन्| बिशाल श्रेष्ठ र कृपा अधिकारीको अभिनय राखेको उक्त भिडियो लक्ष्मन घिमिरेले खिचेका हुन् भने सुरेश चौधरीले सम्पादन गरेका हुन्| शुभकामना छ “मुस्कुराउँदै आयौ तिमी” गीतको भिडियोले अझै दर्शक श्रोताको मन जितोस|