नेपाली संगीतका धरोहर बनिरहेका गायक शिब परियार अहिलेका व्यस्त मध्यका एक व्यस्त कलाकार हुन्| पछिल्लो ५-७ महिनालाई हेर्नेहो भने पनि लग भग अधिकांश समय बिदेशका सांगीतिक कार्यक्रममा ब्यस्त देखिन्छन| यिनै बिदेशका कार्यक्रममा देखियका अनि बुझियका अनुभूतिको उपज बनेको छ उनको नया गित “नभेटी नभेटी” उनको पछिल्लो एल्बम शिवालयबाट | नेपालको करिब १८ पर्तिसत जनसख्या लगभग ५० लाख बिदेशमा हुनुहुन्छ, उहाहरुजस्ता धेरैको आजकल नभेटी नभेटी माया गासियको छ, मुटु साटियको छ, समुन्द्र पारी दिल जोडियको छ| यिनै भावलाई सब्दजालमा बुनेकी छिन गीतकार स्वेता मैनालीले अनि आफुमा रहेको सांगीतिक ज्ञानलाई भरपुर प्रयोग गरेर मिठासपूर्ण संगीत भरेका छन् शिब परियारले| सजिलोपाराले गाउन मिल्ने गरि एउटा स्तरिय गित बनायका छन्|गीतका सब्द सब्द्लाई प्राण भर्ने उनको गायकी प्रयास निकै सबल सुनिन्छ|
शिब परियारले करिब ८ बर्ष अगि अलिकति नजर गित सार्बजनिक गरे पछि उनको सांगीतिक स्तरीयताको पनि चर्चा हुन थालेको थियो हुनत त्यो भन्दा अगाडी नै फेवा तालमा साइली हिट थियो| तेस्पछि उनका “संगी”, “कहाँ थियौ” “बाटो मोडेर गयेउ”, “पागल बनायेउ”, “सुन्छु तिमीले” जस्ता गितले दियको सांगीतिक उचाई एकातिर छ भने अर्को तिर उनका पछिल्ला समयमा आयका स्टेज मुखी गितहरुबाट केहि बाटो बिरयको सम्म आरोप लागेको थियो| उक्त आरोपलाई शिबले यो गित मार्फत दरिलो जवाफ दियका छन्| यो गीतको सब्द, संगीत अनि गायकीको अनुपम त्रिबेणी बनेको छ “नभेटी नभेटी”| अहिलेका चर्चित संगीतकर्मी अल्मोडा बल्लव उप्रेतीको स्तरिय संगीत संयोजनले गीतलाई अझ राम्रो बनायको छ|तेसैले यो गित संगीत पारखीलाई अनुपम उपहार बनेको छ भन्दा फरक पर्दैन|
बिशाल भण्डारीको निर्देशनमा बनेको भिडियोमा निरञ्जन र स्वस्तिमाको अभिनय राखेको छ| हरि हुमागाईले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन|