गायक रुपेस डँगोलले नेपाली सांगीतिक क्षेत्रमा एक दशक संघर्ष गरेर दर्जन भन्दा बढी गीतहरु गायीसकेका छन्। यात्राको क्रममा उनले आफ्नो पहिलो एल्बम ‘परिणाम’ २०७० सालमा सार्वजनिक गरेका थिए जसमा हिजोको पराया ,तिम्रो यादले ,बितेका दिन ,दुई दिन र पाचौं तिमिला थें गरि जम्मा ५ वटा गीत समेटिएको थियो। “तिम्ले मलाई चाहेको, ए नानी तिमी , जस्ता अन्य उत्कृष्ट गीतहरुबाट राम्रो स्थान हासिल गर्न सफल भएका गायक रुपेसले फेरी अर्को नयाँ पप गीत “नक्कली मोरीलाई” लिएर आएका छन्। M.J Entertainment युट्युव च्यानल मार्फत सावर्जनिक भएको गीतमा कृष्ण भक्त महर्जनको शव्द/संगीत साथै भुपेन्द्र बज्राचार्यको एरेन्ज रहेको छ।
निर्देसक मनोज बिष्टले गीतलाई फरक सैलिमा पस्तुत गरेका छन् जसमा घाउघरकी नक्कली मोरीलाई मुख्य पात्रो बनाई ग्लामरस, सेक्सी, हट देखाईएको छ। सजिलै संग दर्शकको मन तान्न सक्ने भिडियोमा विवेक सिंह ठकुरी ,ऋतु श्रेष्ठ र प्रशान्त साथै Freak Street ब्याण्ड मेम्बरहरुको अभिनय रहेको छ। भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ साथै उक्त भिडियोलाई म्युजिक जोय मिडियाले बजारमा लाएको छ |
https://youtu.be/ACmOy5UP5dY?t=167