देउडा गायक नन्दकृष्ण जोशीको राजनिती मोह

nandसुदुर पश्चिमको शान देउडा भन्नाको साथ सबैको मुख मुखमा झुण्डनी एउटै बोलको गीत हो झ्याम्म झ्याम्म । यनै चर्चित गीतका सर्जक गायक नन्दकृष्ण जोशी पुन राजनितिमा चहल पहल गर्न थालेका छन । गीत गाउन सुरु गर्दा भन्दा पहिला देखिकीको उन्को राजनितीको नशाले आजसम्म छोडेको छैन । सुदूरपश्चिमको डाडापाखामा खेल्दै रमाउदै हुर्केका जोशीमा सानै देखि देउडा तर्फको झुकाव थियो । एक क्षेत्रमा मात्र सिमित गीत संगितलाई देशव्यापी गर्ने अठोटका साथ २०३४ साल कार्तिक १४ गते रेडियो नेपालमा प्रवेश गरेका थिए । गीत संगित संगै बिद्यार्थी राजनिती पनि सुरु गरेका जोशीले पञ्चायती शासन बिरुद्ध समेत बुलन्द आवाज उठाए ।

पंञ्चायतको बिरुद्ध लागेको भन्दै उनलाई २०३४ साल मंसिर १५ गते निर्घात कुटिपिट सहित ४ दिन कमलपोखरी जेलमा जेल जीवन समेत बिताएका थिए। गीतसंगित र राजनीतिलाई संग संगै लिगेर हिडेका उनी जती गित संगितमा यो ४२ बर्षे यात्रामा सफल रहे राजनितीमा भने त्याती उदाउन सकेनन ।२०४१ सालमा कृष्ण प्रसाद भट्टराई बाट पाएको कांग्रेसको केन्द्रिय सदस्यको कार्ड बाट सुरु भएको कांग्रेसी राजनितीको यात्रा सोचोअनुरुप माथी सम्म नपुगेको जोशी स्वयम बताउछन । लामै कालखण्ड राजनीति र जेलमा विताईसकेका उनी अझै पनि लोकतान्त्रिक संस्कृतिको माध्यमबाट राष्ट्रलाई संम्बृद्ध तुल्याउन लागीपरिरहेका छन । २०४२ सालमा नारायणमान बिजुक्छे संगै ११ महिना नख्खु जेल बिताउने देखी ०४६को क्रान्ति संगै ०६२/०६३ सम्ममा उनले कयैन पटक जेलको यात्रा गरेका छन ।

nand2बिग्रदो राजनिती लाई मुलधारमा लेराउने सपनाको साथ पुन एक पटक यि गायक कांग्रेस अधिबेशनमा ७ नम्वर प्रदेशबाट केन्द्रिय सदस्यको लागी उठ्दै छन । राम्रो साथ सहयोग पाएको र जित्छु भन्दै हौस्एिका उनी राजनितीमा हुलतन्त्रबाट मुलतन्त्रमा लेराउनको लागी लागि पर्ने बताए । ‘राजनिती प्रतिको जनातको नराम्रो छाप मेटदै,गाउ गाउ गएर हरेक नेपालीलाई नेपालको संविधानको बारेमा गीत गायरै बुजाउन लागीपर्छु ’ कुराकानीको दौरान जोशी समाचारपत्र संग यसो भन्दै थिए। मुख्य तिन मुद्धा सहित चुनावमा खडा भएका उनी लोकतान्त्रिक संस्कृतिलाई देशभर फैलाउदै बेरोजगार युवाहरुलाई उत्पादन मुलक कार्यमा लगाउने उनको सोच छ साथै संविधान प्रतिको गलत धारणालाई मेटेर गाउ बस्ती सम्म पुगेर संविधानबारेमा सुसुचित गर्ने कुरा आफ्नो कार्यपत्रमा प्रस्तुत गरेका छन ।

आफ्नो पार्टी प्रतिको त्याग र बलिदानलाई यसपटक भने पार्टीले पनि मुल्याड्ढन गर्ने कुरामा उनी ढुक्क देखिन्छन । सामान्य परिवारबाट देउडा गायनको यात्राको सुरुवात गरेका उनी हरेक क्षेत्रका मैलिक लोक गीतहरुको संरक्षण सरकारले गर्नुपर्ने र त्यसका लागी छुट्टै संस्कृति मन्त्रालयको स्थापना गर्नु पर्ने उनको सोच छ । ‘माथिल्लो निकायमा पुग्न सकेको खण्डमा देशको  गहना लोक गीतसंगित संरक्षणको लागी मरेर लागी पर्ने छु’ जोशी बताउछन । कांग्रेसको माथिल्लो निकाय पनि आफ्नो बझाबको
सफलता र केन्द्रिय सदस्यको उम्मेदवारीबाट खुसी भएको यि गायक बताउछन ।