सानै देखि गित संगीतका पारखी, नारायण गौतमले सानै देखि कविता, गीत, गजल पनि लेख्ने गर्थे| यस्तै गजल कविता सानै देखि लेख्दै आएका गौतम पछिल्लो समय आफुले लेखेका गजल कबिताबाट केहि गित रेकर्ड गरि सार्बजनिक पनि गरि सकेका छन्| चलेका गायक गायिका संगको सहकार्यले उनीमा उर्जा थपेको छ|
उनको पहिलो गित “हिमाल सागर”को आवाजमा “रहर हरु थाती राखी” यसै गरि दोस्रो गित “प्रमोद खरेल”को आवाज अनि बिनय केटूको संगीत अनि एरेन्जमा “मरे पछि तिमि सँग फेरी भेट”,अनि तेस्रो गित ,राजसुक्रको संगीत अनि बाबुल गिरीको संयोजनमा “अन्जु पन्त”कोआवाजमा “तिम्रो नाम को सिंदूर लाउने” भनी निकालेका छन् यसै गरि राजसुक्रको संगीत अनि बाबुल गिरीको संगीत संयोजनमा दीपक लिम्बु को आवाजमा रहेको अझै पनि समझाना छ त्यो कौसी को ऐना गीतको म्यूजिक भिडियो
पनि बजारमा ल्याएका छन्|श्रुतिमा नामक एल्बममा आफ्ना गित संगीत लाइ उनले राखेका छन्|
अहिले पछिल्लो समय आएर राज शुक्रको संगीत बाबुल गिरीको एरेन्जमा गायक “उदित नारायण झा” र गायिका “मिलन आमात्य”को आवाजमा “कहिले पनि नबोलेको पहिलो पल्ट गार्हो हुन्छ” बोलको गित मुम्बईमा रेकर्डिङ्ग गराउदै छन्| श्रुतिमा एल्बममा समाबेश उक्त गित उनको छैटौ गीत हो जुन १ महीना पछि बजारमा आउदै छ|यसै गरि सदाबहार गित संगीत प्रति उनको लगाब अझै बढ्दै जाहोस यहि छ हाम्रो शुभ कामना |