नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालय र चलचित्र बिकाश बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कारमा २०७२ सालभरीका रिलिज भएका फिल्महरु मध्येबाट दिपेन्द्र के खनाल निर्देशित तथा खगेन्द्र लामिछाने अभिनित फिल्म पशुपति प्रसादले उत्कृष्ट लेखन, निर्देशन र उत्कृष्ट फिल्मको पुरस्कार प्राप्त गरेको छ। बिहिवार राष्ट्रपति निवासमा एक कार्यक्रम गर्दै राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घ साधना सम्मान प्रदान गरीएको हो। राष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा रमेश बुढाथोकी, मोहन निरौला, करुण थापा, सरिता लामिछाने र शुशिल पौडेलको निणर्यक मण्डलले छानेका फिल्महरु मध्येबाट ९ वटा बिधामा उत्कृष्ट फिल्म र फिल्मकर्मीलाई पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा बर्षभरीको उत्कृष्ट नायकमा कवड्डी कवड्डीबाट दयाहाङ्ग राईले पुरस्कार पाउदै गर्दा नायिका तर्फ क्लासिकबाट नम्रता श्रेष्ठले ट्रफि उचालेकी थिईन्। सम्पादन तर्फ क्लासिक फिल्मबाट सुरेन्द्र पौडेलले पुरस्कार पाएका थिए भने छायांकन तर्फ ड्रिम्स फिल्मबाट द्धय पुरोत्तम प्रधान र सञ्जय लामाले पुरस्कार थापे। नव निर्देशन तर्फ ड्रिम्सको लागी भुवन केसीका पिताले पुरस्कार थाप्दै गर्दा आदीवासी जनजाती तर्फ योम्बो देउरालीले ट्रफि उचालेको थियो। कार्यक्रममै आफ्नो जिवनको लामो कालखण्ड नेपाली फिल्म जगतलाई अपर्ण गरेको भन्दै अभिनेत्री बसुन्धरा भूषाललाई नगद ३ लाख ५१ हजार १ सय ११ रुपैया सहित ताम्रपत्र द्धारा चलचित्र दीर्घ साधना सम्मान प्रकट गरीएको थियो।
चलचित्र बिकाश बोर्डका अध्यक्ष राजकुमार राईको स्वागत मन्तव्य देखी सुरु भएको कार्यक्रममा सुचना तथा सञ्चारमन्त्रि शेरधन राईले समेत बिजेतालाई बधाई ज्ञापन गरेका थिए। कार्यक्रममा बोल्दै मन्त्री राईले नेपाली फिल्मले राष्ट्रको शान उचो गराएको भन्दै फिल्मकर्मीहरुको प्रसंशा गरेका थिए। ‘फिल्मले समाजको प्रतिविम्ब बोक्ने भएकाले पनि फिल्मी सर्जकहरु राष्ट्रका गहना हुन त्यसैले गहनाहरुको सम्मान,प्रसंशा र हौसला प्रदान गर्नको लागाीनै सरकारले आफ्नो कर्तब्य ठानेर कलाकारहरुको सम्मान गरेको हो।’ मन्त्रि राईले भने। उनले कलाकारहरुलाई प्रदान गरेको सेलेब्रेटी परिचय पत्रको बारेमा समेत राष्ट्रपतिलाई अवगत गराएका थिए। यता कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी राष्ट्रपति बिद्यादेवी भण्डारीले पनि नेपालको मौलीक कथा, पहिचान र मान्यता बोक्ने फिल्ममा काम गर्ने कलाकारहरुलाई सम्मान गर्न पाउदा खुसी लागेको बताएकी थिईन्। ‘नेपाली फिल्मले देशलाई अन्तराष्ट्रिय जगतमा समेत चिनाएको कारण सुचना प्रबिधिमा आएको तिब्र बिकाशलाई मध्यनजर गर्दै अत्याधुनिक फिल्म स्टुडियोको खाचो देशमा रहेको छ र त्यसतर्फ सरकारको ध्यान जाओस’ राष्ट्रपतिले बताईन्।
यता जुरीका तर्फबाट पनि रमेश बुढाथोकीले व्यापारीक हिसावले भन्दा पनि मौलिक सार्थक र यथार्थपरक कथा बोको फिल्मलाई जुरीले छनोट गरेको बताएका थिए।कार्यक्रममा निर्णयक समितीका सदस्यलाई समेत प्रमाणपत्र प्रदान गरीएको थियो।