नया “युग” संगै दुर्गा खरेल

durga kharelगायिका दुर्गा खरेल आयकि छिन् उनको दोस्रो गीति एल्बम युगको साथमा| चलचित्रमा र अल्बममा दुबैमा राम्रा राम्रा गित गायिसकेकी दुर्गाले यो अल्बमको लागि धेरै मेहेनत गरेको बताउछिन| गत बिहिबार विमोचित उक्त अल्बममा ५ ओटा गित रहेका छन्| जस मध्ये ४ ओटा अमृत रेग्मीले रचना गरेका छन् भने एउटा गित अर्जुन पोखरेलले रचेका छन् | सबै गीतका संगीतकार अर्जुन पोख्रेलनै रहेका छन्| एल्बममा ‘त्यो काले काले केटाले’, ‘बरु यो ज्यानको बाजी’, ‘बाँकी जीवन जिउछु’ ‘के सुनाउ भन साथी’, तथा ‘तिमीले त अर्कै मन परायौ’ शीर्षकका गीत समावेश छन् | संगीतकी शिक्षिका पनि रहेकी दुर्गाले यो अल्बमका गीतबाट धरै साथ सहयोगको आस गरेको पाइन्छ|
durgaपहिलो एल्बम तथा चलचित्रका गीतहरुबाट विभिन्न अवार्ड्स जितिसकेकी दुर्गाले यो एल्बमबाट पनि धेरै सम्भावना बोकेकी छिन| केहि समय अगाडिनै यो एल्बमको काले काले केटाले बोलको गीतको कभर भर्सन सोसल मिडियामा हिट भैसकेको छ, उक्त गीतको अफिसियल भिडियो पनि सार्बजनिक गरियको छ जसलाई संचारकर्मी तथा निर्देशक सुब्रत आचार्यले गरेका छन् भने अर्जुन तिवारीले खिचेका छन् अनि निसान घिमिरेले सम्पादन गरेका छन्| भिडियोको बजारमा चर्चा चल्न थालिसकेको छ आसा छ एल्बमका सबै गीतको चर्चा चुलिदै जाने छ गायिका दुर्गा खरेललाई बधाई तथा शुभकामना छ|