नेपाली संगित क्षेत्रले सफर गरेकोनी लामै समय भई सक्यो। इति लामो काल खण्डमा पनी नेपाली गित संगित क्षेत्र सोचे जस्तो स्थानमा भने पुग्न सकेको छैन । थुप्रै राम्रा स्रष्टा सज्रक जन्माई सकेको यस क्षेत्रले केही बिकृतलाई अझै आफ्नो गर्वमै हुर्काईरहेको छ । एउटा सफल सेलेब्रेटी बन्नको लागी सजिलो माध्यम बनिरहेको गित संगित क्षेत्र आफैमा बिस्तारै बिकृतीको खाडलमा भासीदै गईरहेको छ ।सुचना प्रविधिको यो बिस्तार संगै आधुनिक बनिरहेको नेपाली संगित जगत सस्तो पनि बनिरहेको छ । सानो नेपाली म्युजिक ईन्डसट्री मा होमिने रहरमा सयौ युवा जमात हरेक दिन प्रयत्न गरीरहेको हुन्छ । गायक बन्ने धोको लिदै पोको भिरेर काठमाडु छिर्नेको जमात पनि ठुलै छ । थुप्रै समस्यको बावजुत पनि नेपाली गित संगितको क्षेत्रलाई यहा सम्म लेराउनको लागी थुप्रै स्रष्टा सर्जकको हात रहेको छ । ति तमाम सिर्जनाले बचिरहेको नेपाली गित संगित जगतमा बिस्तारै सस्तो पन छाएको छ ।
गितकार स्रस्टा नवराज लम्साल बताउनु हुन्छ । रहरै रहरको बजार बनिरहेको यस नेपाली संगित क्षेत्रले पुराना पुस्ताका भार थाम्न नसकेको पक्का छ । कालजयी मानीने पुराना गितहरुको तुलना आजको गितसंगितमा नरहेको अर्का गितकार डा.कृष्ण हरी बरालको कथन छ। पैसाको खेती भईरहेको नेपाली संगित जगतमा अहिले गुण्स्तरीयताको सवाल जोड तोडले उठी रहेको छ । खल्तीमा पैसा छ भन्दैमा गायक,गितकार हुने निश्चित जमातकै कारण आज संगित जगत बदनाम भएको गायक राजेश पाईल राई बताउनु हुन्छ । उता अर्का गायक प्रमोद खरेलको राय चै अलि फरक छ क्षमता छ भने जो कोही पनि गायक बन्न सक्छ तर पहिला क्षमता चिन्नु आवश्यक छ ।
पाईरेसीको मारमा रहेको नेपाली संगित जगात शोखको पेशा मात्र बनिरहेको छ । स्टेज कार्यक्रम मात्र अलिकति आम्दानीका श्रोत भएको मान्ने कलाकारहरु पाईरेसी रोक्न अझै पनि सरकारको बाटो हेरेर बसेका छन् । संगितको एक बिधा हिपपप, आरएनवीमा युवा जमातको मोह ह्वातै बढेको छ । फेसन शैलीमा बढेको यस भिडले पनी नेपाली संगित जगतलाई त्यती फाईदा नगर्ने पक्का छ । तर यहि एक बिधालाई एक नियम संगत लान सकेमा संसार भरी नेपाली गित संगित को रस पुग्ने कुरामा यम बुद्धको ठम्याई छ।
दिन प्रिति दिन खुम्चीरहेको नेपाली संगित जगतमा स्रष्टा कलाकार भने दिनप्रति दिन बढी रहेको औसत एक दिनमा हुने ३/४ वटा अडियो एल्वम लन्चले बताउछ । सस्तो संगित त्यस्तै शब्द अनि श्वरको कारणले संगित क्षेत्रकोयो हाल भएको संगितकार बसन्त सपकोटाको बुझाई छ । संगितका बिविध बिधा मध्यको एक लोक गित संगित जस्ले हाम्रो समाजको चित्र उतारने भव बोकेका हुन्छन त्यही क्षेत्रकै बिकृतीको जालो झनै कहाली लाग्दो रहेको छ। भद्धा देखिने कार्यले लोक गित संगित नै चरम बेथितिमा रहेको लोक गायक याम क्षेत्रीको बुझाई छ।
यसरी देशको नामलाई संसार भरिनै फैलाउन क्षेत्रको विकाश एव्म प्रबद्धन गर्नु नितान्त जरुरी भईसकेको छ ।संगित क्षेत्रलाई ने टेवा पुऱ्याउन खुलेका संघ संस्था एवम् सरकारले यो सवालमा कदम चाल्न ढिला भईसकेको देखिन्छ।