लामो समय देखि नेपाली गित संगीतमा सक्रिय लागेका अनि कुशल गीतकार तथा संगीतकार राज कुमार बगरको संगीत, मिलन किरातीको शब्द अनि समधुर स्वर भएकी गायिका मेलिना राईको आवाजमा रहेको “निभिजाने आगो जस्तो’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ |
भिडियोमा पछिल्लो समय निकै नै चर्चामा आएका चर्चित मोडेल सनम कठायतको अभिनय रहेको छ भने भिडियोमा सनम लाई सपनाले साथ दिएकि छिन|माया प्रेममा आधारित भिडियो लाई उत्सब दाहालले खिचेका छन् यसै गरि भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्| यसै गरि प्रकाश धितालको निर्देशन रहेको भिडियो लाई एभरेस्ट ग्यालरीले बजार ब्यबस्थापन गरेको छ|