नीर प्रसाद गुरुङले आफ्नो एकल शब्द तथा संगीतमा रहेको पृथक गीति संग्रह “जुनि” सार्बजनिक गरेका छन् । सार्बजनिक एल्बममा ४ गीत समाबेश भएका छन् । जुन गीतमा “शब्द एक, संगीत अनेक” रहेको छ भने यसको शब्द “यो जुनिमा वाचुन्जेल सम्म तिम्रै मायाको हात चाहिन्छ !! एकमुठी सास रहुन्जेल सम्म तिम्रै साथ चाहिन्छ !! भन्ने रहेको छ ।
निरले “शब्द एक, संगीत अनेक”मा रहेका ४ गीतलाई अलक अलक शैलीमा संगीत भरेका हुन् । बि बि अनुरागीको संगीत संयोजन ,शुकुराम बिश्वकर्माको मिक्सिंग मास्टरिङ्ग यस गीतमा रहेको छ भने तेस्रो पटक सार्बजनिक पहिलो यो गीतमा राजेश पायल राई अनि पवित्रा गुरुङको स्वर सुन्न सकिने छ ।
एउटा पारिवारिक वातावरण लाई समेटेर आफ्नै निजी जिवनमा आधरित मीठो भावपनको शब्द लाई निरले गित अनि संगीतमा तयार गरेका हुन् ।
“शब्द एक, संगीत अनेक”मा रहेका ४ गीत मध्ये तेस्रो यो गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । सार्बजनिक भिडियोमा जीवन भट्टराई अनि जुना सुन्दासको दमदार अभिनय रहेको छ ।
यस्तै गीतको भिडियो लाई उत्सब दाहालले छायांकन, निशान घिमिरेले सम्पादन गरेका हुन् भने प्रकाश धितालले निर्देशन गरेका छन् ।