लाटोकोसेरोको गित आयो

owl songसामाजिक जनचेतना जगाउन गीतले ठुलो भूमिका खेल्छ| राजनीतिमा पनि ठुलो मानब सागर बटुल्न, जनतालाई आफ्नो पक्ष्यमा ल्याउन गित संगीत प्रयोग गरेको पाइन्छ| बातावरण जोगाउन होस् या बनजंगलको महत्व बुझाउन गित संगीत सिर्जना हुदै आइरहेको छ| दि स्याडोज ब्याण्डले गायको “म हुँ प्रकृति मलाई बाच्न देउ” बोलको गितअहिले सम्मको उत्कृट मान्न सकिन्छ| जुन गित सुन्दा लाग्दैन मैले कुनै बातावरण सम्बन्धित गित सुन्दै छु या कुनै स्वाभाविक अरु नै गित सुन्दै छु|
यसै सन्धर्भमा भर्खरै मात्र प्रकृतिका साथीहरु नामक संस्था जसले बातावरण तथा बन्य जन्तुको संरक्षण तथा प्रबर्दन गर्दै आइरहेको छ अनि लाटोकोसेरो, हुचिल को संरक्षणका लागि बर्सेनि महोत्सब मनाउने तथा अध्यन अनुसन्धान गरेर जनचेतना जगाउने काम गर्दै आइरहेको छ| उक्त संस्थाले लाटोकोसेरो तथा हुचील संरक्षणका लागि नया गित ल्यायको छ “owl conservation song ” भनेर| प्राध्यापक करन बहादुर साहले लाटोकोसेरोको जानकारी जस्तै यो नेपालमा २२ प्रजातिका पाइन्छन, यसको महत्व जस्तै यसले मुसा खायर धान बालि जोगाउछ अनि यसको संरक्षण नगर्दा आफैलाई हानि हुन्छ जस्ता महत्वपुर्ण कुराहरु समेटेर गित रचना गर्नु भयको छ जसलाई कलाकार, संगीतकार तथा संरक्षणकर्मी राजमान महर्जनले संगीतबद्ध गर्नु भयको छ| सतिष महर्जन, राजमान महर्जन, कविता तन्डुकार , रत्नशोभा महर्जन र दीपा महर्जनको स्वर रहेको गित युट्युब मार्फत सार्बजनिक गरियको छ| बधाई तथा शुभकामना यो गीतले लाटोकोसेरो, हुचिल तथा उल्लुको संरक्षणमा ठुलो टेवा पुराओस|