प्रबिण बज्राचार्यकि “सान्नानी”

गायक प्रबिण बज्राचार्य पेशाले एकदमै इमान्दार ज्ञानी मानिने प्राणी कुकुर सम्बन्धित ब्यबशायमा छन्। उनको संगीतमोह भने निकै गहिरो छ। चाहे जे होस् जस्तो गार्हो सार्हो परोस सांगीतिक यात्रा निरन्तर चालिरहेका छन्। यसरि सांगीतिक यात्रालाई निरन्तरता दिने क्रममा सान्नानी बोलको गित तयार परेका छन्। संगीतकर्मी रबि मल्लको शब्द अनि संगीतकार कल्याण सिंहको संगीत रहेको उक्त गीतमा प्रदिप जोशीको संगीत संयोजन रहेको छ। Find More …

श्रीकृष्ण बम मल्लको “चुईगम चपाउदै”

सक्रिय संगीतकर्मी श्रीकृष्ण बम मल्लका शब्द अनि संगीतमा धेरै आधुनिक, लोक , तीज , फिल्मी लगायतका गित संगीत आइसकेका छन्। यिनै संगीतकर्मीले आफ्नै शब्द , संगीत तथा स्वरमा रमाइलो गित भिडिओ सहित सार्बजनिक गरेका छन्। “चुईगम चपाउदै” बोलको उक्त गीतका निर्माता राजकुमार महर्जन हुन्। रमाइलो परको उक्त गीतलाई भुवन स्यन्बो तामांगले निर्देशन गरेर भिडिओ बनायका छन् जसमा नयन डी सी, अलिशा शर्मा र ग्रूवी ब्वाइजको अभिनयलाई ज्ञानेन्द्र शर्माले क्यामेरामा कैद गरेका छन्।

https://youtu.be/81DtFp1FCdc?t=261

गायिका सिर्जना कार्कीको गजल “माया लिनेको बदनामी भो”

गायिका सिर्जना कार्कीले नया गजल सार्बजनिक गरेकी छिन् । सक्रिय संगीतकर्मी श्रीकृष्ण बम मल्लको शब्द अनि संगीतमा तयार भयको उक्त गजलमा राम्रो काम गर्दा खोज्दा नराम्रो परिणाम भोग्न परेको कुरालाई ब्यक्त गर्न खोजियाको छ। गायिकाले पहिले गायका सांगीतिक कोशेली भन्दा फरक लाग्ने यो कोशेली श्रोताका लागि अनुपम उपहार हुन सक्छ। Find More …

राम बज्यू तामांगको “तिमि हास्दा डिम्पल पर्छ”

सानै देखि गीत संगीत रुचि हुदै आएका अनि सिन्धुलीमा जन्मेर बिभिन्न प्रतियोगितामा भाग लिदै आएका गायक राम बज्यू तामांगको “तिमि हास्दा डिम्पल पर्छ” बोलको नयाँ गीत सार्बजनिक भएको छ । नेपाल आइडलको Top 60 मा पुग्न सफल भएका गायक राम बज्यू तामांगको यो गीत “तिमि हास्दा डिम्पल पर्छ” मा दिपक भट्टराई ” निश्चल”को शब्द रचना अनि संगीतकार हरि लम्सालको संगीत रहेको छ । गीतमा डिम्पलको कुरा गरियता पनि भिडियोमा भने डिम्पल देखिदैन। Find More …