कलाकारहरुको सांगीतिक यात्रा आ आफ्नै किसिम को हुने गर्दछ। कोहि सधै केहि न केहि गरेर चर्चामा रही रहन रुचाउछन | कोहि भने आफ्नै रफ्तारमा निरन्तर लागि परेका हुन्छन र बेला बेलामा नया नया कोसेली पस्किने गर्छन। तेस्तै एक कलाकारको नाम हो सरु पराजुली। नवलपरासी जिल्लामा जन्मियर संगीतमा निरन्तर लागि परेकी यी गायिका केहि समय देखि अमेरिकामा आफ्नो परिवारका साथ रहदै आयकि छिन्। Find More …
मायालु स्वभावका गायक हेमन्त शर्माका जेठा छोरा हिरक शर्माको पहिलो गित सार्बजनिक भयको छ। “आ एम सरि” बोलको उक्त गित पिता हेमन्त शर्मा कै शब्द र संगीतमा बनेको गित हो । लामो समय देखि संगीत साधक मात्र रहेका हिरक अब गायकको रुपमा चिनियाका छन्। यो गीतमा चर्चित संगीतकर्मी बिनय केटुको संगीत संयोजन रहेको छ। यो गीतले उनि आफ्नै पिताको बाटो हिडिरहेको अनि उस्तै उस्तै स्वादका गित दिन खोजेको संकेत गर्दछ। यद्यपि उनि आफैमा राम्रो संगीतकर्मी भयकाले धेरै राम्रा राम्रा संगीत सिर्जना अपेक्षा गर्न सकिन्छ।
आफुले मन पराएको,माया गरेको मान्छे टाढा हुँदा कस्को मन नदुख्ला र ? हृदयले स्वीकारेको मान्छेको अनुहार झलझली आईदिन्छ, यतिमात्रै होईन,खाली कागज पनि मायालुको तस्वीर लाग्दो रैछ ……..। गीतकार देवदत्त भट्टको मर्मश्पर्शी गीति रचनाको कुरा हुँदैछ यो, प्रेम वियोगको भावलाई आधार बनाएर गीत अगाडी बढेको देखिन्छ । आखिर मायाको बदलामा धोका नै भैसकेपछि पहिलो भेटको पनि कुनै अर्थ रहेन भन्छन् यस गीतका गायक मनोजराज ।