मेरो असल साथी बोल रहेको गीतको भिडियो सार्बजनिक भएको छ ।उक्त गीतमा बिष्णु माझी र गणेश अधिकारीको आवाज सुन्न पाइन्छ भने अबिरल बोहरा को शब्द रहेको छ ।गीतमा गणेश अधिकारीले नै संगीत गरेका छन भने कपिल लामाको निर्देशन रहेको छ । यो भिडियोमा आशीरप्रताप जंग र सारिकाको अभिनय रहेको छ
https://youtu.be/zFQg9aQIKFY?t=3
कुनै पनि बिषय बस्तुलाई चलन चल्तीको भन्दा फरक कोणबाट ब्याख्या गर्ने वा भनौ फरक गहिराइ दिनेमध्यका एक गीतकार हुन् मनिष बशिष्ठ| कर्मा समुहको नयाँ सपनाको सफलता पश्चात सनुप पौडेल, सिने गुरुङ्ग, राम कृष्ण ढकाल, पुष्पन प्रधान लगायतका नया पुराना गायक संगीतकार संग गीत संगीत सिर्जना गर्दै आयका गीतकार पछिल्लो पटक लोकप्रिय गायिका प्रतिमा राजभण्डारीको स्वरमा रहेको “मन लाग्छ” बोलको गीतको भिडियो सहित आयका छन्|
गायिका सुनिता प्रधान लिम्बु केहि समय देखि संगीतमा सक्रिय छिन्| गीत संगीत सिक्ने, गाउने र सांगीतिक गतिविधिमा सक्रिय सुनिताले केहि समय अगि गीतिसंग्रह “आरोही” सार्बजनिक गर्नुभयको थियो | गीत संगीतलाई निरंतरता दिने क्रममा उहाको नयाँ गीत “छुटाउन खोज्ने” हालै मात्र भिडियो सहित सार्बजनिक भयको छ| सार्बजनिक गीतमा दिनेश अधिकारीको शब्द रहेको छ भने हरि लम्सालको संगीत रहेको छ । यसै गरि गीतमा किरण कंडेलको संगीत संयोजन रहेको छ। माया प्रेममा आइ पर्ने बाधा अडचनलाइ गीतमार्फत ब्यक्त गर्न खोजियको छ|
गायक सन्जिब कुमार पौडेलले एक पछि अर्को नयाँ गीत सार्बजनिक गर्ने क्रममा आगामी चौथो एल्बम “अन्जान” बाट “धेरै चोटी जिन्दगीमा” बोलको गीत बिन्दबाशिनी म्युजिकको युत्युब च्यानल मार्फत शाब्दिक अडियो सार्बजनिक गरेका छन्| खगेन्द्र दाहालको एकल रचनामा तयार हुने उक्त एल्बम “अन्जान”का निर्माता पनि गीतकार नै हुनुहुन्छ| “धेरै चोटी जिन्दगीमा” बोलको गीतमा गीतकारका मिलन बिछोडका शब्दलाइ गायक सन्जिब कुमारले आधुनिक सैलिमा संगीतबद्ध गरेर गायका छन्| जसलाई आमोस तामांगले संगीत संयोजन गरेका छन्|