प्रतिक्षा गुरुङ्गको गीति संग्रह “प्रतिक्षा” सार्बजनिक

नवगायिका प्रतिक्षा गुरुङ्गको पहिलो संग्रह “प्रतिक्षा”को विमोचन एक भव्य समारोहको बीच सम्पन्न भएको छ । गोरखामा जन्मीएकी पेशाले नर्स र समाजसेवी प्रतिक्षाको विगत नौ वर्ष देखिको साधनाको यो पहिलो कोशेली “प्रतिक्षा”मा ६ वटा गीत समावेश गरिएको छ । जसमा शब्द डा.कृष्ण हरि बरालको र दीप घतनीको साथै संगीत गैरे सुरेशकोे रहेको छ । यस एल्बम “प्रतिक्षा”को सबै गीत को संगीत संयोजन सुमन क्षेत्रीले गरेका हुन् । यो एल्बमको गीतहरु ए वन म्यूजिसियन स्टूडियो, अकेस्टिक स्टूडियोमा रेकडिङ्ग गरेको हो जसमा रेकडिङ्ग साजन शाह र दिप घतानीले गरेका हुन् साथै मिक्सिङ्ग भने किशोर थापा र प्रकाश मिश्रको रहेको छ । Find More …

“मन मान्दैन” गीतको भिडियो अमेरिकाको क्यालिफोर्निया राज्यमा निर्माण हुदै

गीत संगीतका  डाक्टरका रुपमा चिनिनुहुने रचनाकार डा कृष्ण हरि बरालका माया पिरती, मिलन बिछोड आदि भाव समेटिएको एल्बम “शंका”मा आधुनिक गित गजलका सुरिला संगीत सर्जक संगीतकार गैरे सुरेशको शुमधुर संगीत रहेको छ| उक्त गीति एल्बम गायिका शोभा पाण्डेको पहिलो एल्बम हो| बिन्दबाशिनी म्युजिक मार्फत केही समय अगि सार्बजनिक भयको एल्बमका गीतहरु एक पछि अर्को भिडियो बन्दै छन्| एल्बमको शीर्ष गीतले राम्रो चर्चा पायको थियो| सोहि एल्बमबाट “मनाही छ” गीतको भिडियोको पनि राम्रै प्रशंशा बटुलेको थियो|
Find More …

केटीको नम्बर माग्ने सजिलो तरिका भन्दैछन् फराज अर्पण

लामो समय देखी नेपाली संगीत क्षेत्रमा काम गरीरहेका फराज अर्पणले “महशुस गर” गीतबाट गायन बिधामा निकै नै चर्चा पाए| गायनसंगै संगीत श्रीजना तथा भिडियो निर्देशनमा जमिरहेका फराजले गायन यात्रालाई निरन्तरता दियका छन् पछिल्लो “सर्लक्क मिलेको कम्मर” बोलको गीत मार्फत| उक्त गीतलाई युत्युब मार्फत केहि दिन अगि सार्वजनिक गरेका छन।दर्जनौ गीतमा संगीत र भिडयो निर्देशन गरिसकेका फराज अर्पन को आफ्नै प्रिथक शैली रहेको उनको श्रीजनाहरुबाट महसुस गर्न सकिन्छ। Find More …

श्रीकृष्ण बम मल्लको गायन यात्रा

बागलुंग जिल्लामा जन्मियाका संगीतकर्मी श्रीकृष्ण बम मल्ल कुशल भलिबल खेलाडी पनि हुन्| सांगीतिक परिवार रहेको मल्लकी श्रीमती लक्ष्मी पनि गायिका हुनुहुन्छ| खेल पछि संगीतमै समर्पित मल्ल सुरुमा गायकको रुपमा अगाडी बडन चाहन्थे तर स्वाथ्यले साथ् नदिय पछि गित लेखन, संगीत भर्ने , अभिनय गर्ने तथा गराउने काममा व्यस्त रहदै आयका छन्| दर्जनौ कालजयी गीतसंगीत श्रीजना गरिसकेका मल्लले अब आफ्नो गायन यात्रा निरन्तर गर्ने भयका छन् , राजु गिरी प्रोडक्सन तथा शुभेच्छा थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र ‘शिवम’को गीत ‘डोली लिइ आउनु’ गीतबाट| लोकदोहोरी धारको यो गीतमा श्रीकृष्ण बम मल्लले शब्द , संगीत र स्वर दियका छन्| उक्त युगल गीतमा उनलाई गायिका रेश्मा के.सी.ले साथ दिएकी छन् । Find More …