अमेरिकाको सिकागो सहरमा तरंगको इभेन्ट निमा रुम्बाको भ्यालेन्टाइन बिशेष कार्यक्रममा लामो समय देखि नेपाली गित संगीतमा लागि परेका गायक नारायण गजमेरले “निश्चल” नामक सांगीतिक गीति संग्रह सार्बजनिक गरेका छन्| बिभिन्न गीतकारहरूको शब्दलाई बरिष्ट संगितकारहरूको धुनमा गायक गजमेरको स्वरमा सात वाट गित समबेश गरिएको “निश्चल” नामक सांगीतिक गीति संग्रह सार्बजनिक गरियको हो गितहरु मार्मिक ,सान्दर्भिक र मनोरंजनात्वमक रहेको उनले बताउछन। उक्त कार्यक्रममा ख्याति प्राप्त गायक निमा रूम्बा र अनडिसाइडेड ब्याण्डद्वरा नेपाली गित संगित प्रस्तुत गरिएको थियो। Find More …
धेरै मानिसहरुले सुन्ने र भन्ने गरेको भनाई हो यो । साँचो मायामा मान्छेले आफ्नो ज्यानै दिन र परिआए मर्न समेत पछि पर्दैन भन्ने कुरा एउटा मर्मस्पर्शी गीत र त्यस गीतका लागि बनाईएको म्यूजिक भिडियो मार्फत उजागर भएको छ । आफुले मन पराएको मान्छेको निम्ति आफ्नो जिन्दगानी नै अर्पण गर्न सक्ने मायाको त्यो उचाई साँचो माया गर्नेहरुले मात्रै अनुभूत गर्न सक्दछन् , वास्तविक मायाको रंगले त्यही हृदय रंगिन्छ जुन् हृदयले मायाको निश्चलता अनि साँचोपनको आकाश छुन सकेको हुन्छ र त्यहीँनिर नै त्याग अनि समर्पणको अन्तहीन् अभिव्यक्ति झल्किन्छ । यस्तै यस्तै भाव झल्किने एउटा गीत- ” जुन् साइतमा भएपनि तिम्रै सामु पर्न पाएँ, खुशी छु म आज साह्रै हाँसी हाँसी मर्न पाएँ,” जीवन्त म्यूजिक भिडियो मार्फत सार्वजनिक भएको छ| दिनहूँ सार्वजनिक भैरहने कैयौँ गीतहरु माझ बिल्कुल फरक लाग्ने यस गीतका रचना देवदत्त भट्टले गरेका हुन्,गीत रचनाको अब्बल श्रेणीमा रही बिषयवस्तुको यथार्थतालाई अति नजिकबाट नियालेर तद्अनुरुपको सृजना दिन सक्ने गीतकार भट्टका यस अघि पनि निक्कै ओजनदार गीतहरु सार्वजनिक भैसकेका छन् ।
गीतकार आलोक चाम्लिगं राईको गीत जय जय नेपाल को भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय गीतकार आलोक चाम्लिगं राईका राष्ट्रिय भावनाले ओतप्रोत शृजनामा गायक सिडी बिजय अधिकारी र मनिषा राईले स्वरबद्ध गरेको गीतमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालदेखि, सरोज खनाल, सरिता लामिछाने, एलिसा राई, लगायत कलाकारिता, पत्रकारिता, गीत संगीतमा सक्रिय दुई दर्जन बढीको अभिनय देख्न सकिन्छ ।
पहिलो एल्बम “सत्यता “बाटै केहि अवार्ड सहित चर्चा बटुलेका गीतकार गोविन्दप्रसाद उपाध्यायको दोस्रो एल्बम सत्यता–२ मा अन्जु पन्त र मनोज राजलाई “कस्तो माया लाईयो हजुर” को बोल को गीतको भिडियो मार्फत फेरि साङितिक मिलन गराउनु भएको छ। केहि समय अगिनै चर्चित बनेको यो गीतको भिडियो हालै सार्वजनिक भएको छ । म्युजिक नेपालले बजार मा ल्याएको यो सत्यता -2 मा जम्मा ७ वटा गीत संग्रहित गरिएको छ । एल्वममा अन्जु पन्त, मनोज राज, राज सिग्देल, आश्था राउत लगायताका गायक गायिकाको स्वर समावेश गरिएको छ ।