सौन्दर्यताको सिमाना नाघ्ने, यस्तो को हौ तिमी ?

भनिन्छ सुन्दरता भन्ने कुरा हेर्नेको आँखामा भरपर्छ| एउटै कुरा पनि व्यक्ति अनुसार फरक फरक परिभाषित हुन सक्छ तर पनि केहि कुरा भने निश्चित छन् जस्तै फुल र काँडामा फुलनै राम्रो मानिन्छ तेस्तै दाग भयको भन्दा नभयको राम्रो मानिन्छ| यिनै सुन्दरताका प्रयाबाची बनेका कुराको सिमा नाघ्ने सुन्दरीको बयान गर्न खोजियाको छ राम कृष्ण ढकालको स्वरमा रहेको गित “यस्तो को हौ तिमी ?” मार्फत| श्रृंगारलाई पनि लाज लाग्ने, फूलले बास्ना सापटी माग्ने, मुस्कान तिमीलाइ देखेर हाँस्ने, सिम्रिकले पनि रङ साट्ने, मोतीसरी सागरले राख्ने, सौन्दर्यताको सिमाना नाघ्ने, यस्तो को हौ तिमी ? यस्तै शब्दमा बयान गरेका छन् गीतकार Find More …

गीतकार तथा संगीतकार राज कुमार श्रेष्ठको ”मैच्यांग हो मैच्यांग” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ

गीतकार अनि संगीतकार राज कुमार श्रेष्ठको ”मैच्यांग हो मैच्यांग” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । यो गीतमा राजकुमारको यो गीतमा आफ्नै शब्द संगीत रहेको छ भने सुमन तामांगको आवाज रहेको छ| ज्ञानेन्द्र शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादन अनि प्रकाश धितालले निर्देशन रहेको भिडियोमा Find More …

गङ्गाधर पराजुलीको आवाजमा ”प्यासी प्यासी” बोलको गीतको भिडियो सार्बजनिक

पेशाले शिक्षक, प्यासले गायक गङ्गाधर पराजुलीको आवाजमा सजिएको ”प्यासी प्यासी” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । शिब आर्यको शब्द अनि हरि लम्सालको संगीत रहेको उक्त गित चाहना एल्बममा समाबेश छ|गीतको भिडियोलाई पारिवारिक विषय बस्तु संगै प्रेम कथामा आधारित रहेर निर्माण गरिएको भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन्| भिडियोमा संजय र क्रिष्टिनाको अभिनय रहेको छ भने भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

https://youtu.be/aEuJ1HxvyFA?t=84

गीतकार सुन्दर पन्तको एक सार्थक ” सुन्दर सपना “

गीतकार सुन्दर पन्तद्वारा रचित “सुन्दर सपना” नामक गीती एल्बम सांगीतिक बजारमा सार्वजनिक भएको छ । असल स्वभाव एवं मृदुभाषीका पर्याय स्रष्टा सुन्दर पन्त एक कुशल शिक्षाविद् समेत हुनुहुन्छ| ८ ओटा गित रहेको उक्त सुन्दर सपनामा अन्जु पन्त, तारावीर पाण्डे,सन्तोष लामा, टंक बुढाथोकी, सन्तोष रजौरे, पुष्प गुरुङ्ग र विजय थापाको स्वर रहेको छ| आधुनिक,लोकपप तथा राष्ट्रिय बिधाका रचनाहरुमा सन्तोष रजौरे,तारावीर पाण्डे,सन्तोष लामा, टंक बुढाथोकी र कल्याण सिंहले संगीत भर्नुभएको छ । Find More …