चाहे नेपाली संगीतको नाफाको बजार होस् या नहोस नया नया गित संगीत सार्बजनिक हुने क्रम घटदो छैन| यहि दौरानमा गीतकार उत्तम भण्डारीले अभिनय गरेको म्यूजिक भिडियो “म त मायालाई” सार्वजनिक भएको छ।गीतकार उत्तम भण्डारीकै शब्द र संगीत रहेको Uttam 5 एल्बममा रहेको उक्त गीत लोकपप धारमा बनेको छ| रमाइला माया प्रेमका कुरा , मिलन बिछोडका कुरा बडी विरहका भावना उक्त गीतमा पाइन्छ| अत्यन्तै मिठो आवाजकि धनि गायिका जुनु रिजाल काफ्लेको स्वरमा सजियको छ । Find More …
बाल्टिमोर नेपाली कलाकारहरुको बाक्लो बसाई भयको ठाउँ हो| पुराना नाम चलेका देखि उदाउदै गरेका नया पिडिका धेरै कलाकार बाल्टिमोर आसपास बसोबास गर्नुहुन्छ| पहिलो पटक बाल्टिमोरका नेपाली कलाकारहरु एउटै स्टेजमा आफ्ना लोकप्रिय प्रस्तुति सहित देखिने भएका छन् | यहि आउँदो फेब्रुअरी १९ तारीखका दिन साँझ ८ बजे देखि १२ बजे सम्म माउण्ट एभरेष्ट रेस्टुरेण्ट, बेल एर, बाल्टिमोरमा | यो कार्यक्रम निस्वार्थरुपमा कलाकारहरुले एउटा होनहार युवालाइ बचाउनका लागि आयोजना गरेका हुन्| उक्त युवा हुन् राम्रो गिटार बजाउने समीर गुरुंग जो डिसेम्बर २ तारीख राति ११:१५ बजेपछि काम सकेर घर फर्कने क्रममा कार दुर्घटनामा घाईते भएर आजसम्म अस्पतालको बेडमा छन | समिरकी १९ बर्षीय श्रीमती र एक ७ महीनाका छोरा छन | यहां उनीसंग बुबा र दीदीहरु पनि छन | समीर १० बर्षको हुदा उनकी आमाको निधन भएको थियो | समीरका बुवा “छिनको छिनैमा र मिर्मिरेमा भाले बासेको” लगायतका थुप्रै चर्चित गीतका गायक श्याम गुरुंग हुनुहुन्छ | श्याम गुरुंग बाल्टीमोरमा लामो समय बिताएका सहयोगी नेपाली युवा हुनुहुन्छ | बाल्टीमोर बसाईका क्रममा श्यामले धेरै नेपालीलाई काम लगाउन सहयोग गर्नुका साथै नेपालीका दुख सुखमा हातेमालो गर्दै आउनु भएको छ |
गित भित्र विभिन्न कथा ब्यथा पाउन सकिन्छ तर कति गित यस्ता हुन्छन जुन आफैमा छुट्टै कथा बनेका हुन्छन| त्यस्तै गित मध्ये एक हो “जता हेरे पनि हजुर पूर्वै रमाइलो”, जुन ८ वर्षा अगि इटहरीमा आयोजित प्रतियोगितामा प्रथम भएको थियो| सबै जसो पुर्बेलिको मन मस्तिस्कमा बस्न सफल बनेको थियो| रमाइलो भेटघाट, मेल पर्ब , उत्सब , महोत्सब सबै तिर गुन्जिने गित “जता हेरे पनि हजुर पूर्वै रमाइलो” को केहि दिन अगि सम्म भिडियो भने बनेको थियन| सिंगै पुर्वाञ्चलको प्रतिनिधि गीत भन्दा फरक नपर्ने उक्त गीतका रचनाकार गौरब दर्पण हुन्| माया प्रेममा पुर्बका विभिन्न ठाउको बयान साथै पुर्बेलिहरुको बखान यो गीतमा पाउन सकिन्छ | गायक गौरभ दर्पण र श्रृष्टि हिङमाङको आवाजमा सजिएको यो गीतलाई कमला खनालले पुर्बेली भाकामा संगीतबद्ध गरेकी छिन् भने पवनवाङ लामाले संगीत संयोजन गरेका छन्।
नेपालि म्युजिक भिडियोमा मोडलिंङ्ग गर्दै आएकी चर्चित मोडेल तथा इभेन्ट कोरियोग्राफर हुन् विपना थापा । यिनै विपनाले आफैले गायको ‘तिम्रै नाउँमा यो जीवन’ बोलको गीत भिडियो सहित सार्बजनिक गरेकी छिन। यो गीतमा प्रमोद कोइरालाको शब्द / संगीत अनि राकेश गुरुङको संगीत संयोजन रहेको छ|