चलचित्र होस् या एल्बम या एकल सबैखाले चर्चित गितमा आफ्नो कर्णप्रिय स्वर भरिसकेकी प्रतिभाशाली गायिका मेलिना राईको अर्को युगल गित भिडियो सहित सार्बजनिक भयको छ| “हिजोसम्म अन्जान थियौ” बोलको उक्त गीतमा लक्ष्मण लिम्बुले युगल गायनमा साथ् दियका छन्| “पुरानो हुदैन माया” जस्ता कालजयी गीतकी रचयिता निलम आङ्बुहाङ राईका सब्दहरु यो गीतमा रहेका छन्| माया प्रेममा पर्दा एक अर्कामा नजिकिदै गरेको अवस्थालाई सब्दमा ब्यक्त गरेको पाइन्छ | मिठासपूर्ण सब्दलाई मन थुलुङ राईले संगीतबद्ध गरेका छन् | Find More …
दर्शक श्रोतालाई फरक फरक स्वादका गित संगीत दिनका लागि प्राय प्रयोगात्मक गित संगीत गर्दै आयका विनोद ढकाल नया गीतको साथमा फेरी आयका छन्| सब्द, संगीत तथा गायनमा फरक पन दिन खोज्ने विनोदले र्याप , पप गित गाउदै आयका छन्| उनको यो पछिल्लो गित र्यागी फ्लेभरको छ| शव्द, संगीत र स्वर सवै ढकालको रहेको उक्त गीतमा उमेर पाकेको (बाजेले) मान्छेले गितार बजायको अनि बजैनाच्न लजायको यस्तै यस्तै सब्दलाई र्यागी धारमा कम्पोज गरेर रेकर्ड गरेका छन्|
राजेश पायल राइको स्वरमा अमेरिकामा रेकर्ड गरियको गित भिडियो सहित सार्बजनिक भयको छ| नेपाली गीत संगीतमा आफ्नो अमुल्य योगदान दिदै आएका रचनाकार गोपी दाहालको नया गीत सार्वजनिक भएको छ । उनको शब्द रचनामा तयार भएको “बास गर मेरी माया” बोलको गीतमा संगीतकार तथा कम्पोजर अम्बर तुम्बापो सुब्बाले संगीत भरेका छन् भने गायक राजेश पायल राईले आफ्नो सुमधुर स्वरले गीतलाई अझै राम्रो बनाएका छन् ।सबै खालका गीत रचना गर्ने खुबी बोकेका उनले अहिलेको माहोललाई मध्य नजर गरेर अहिलेको नया गीत तयार गरेका छन् । अमेरिकामा बसेर मेहेनत गरेर काम गर्दा पनि नेपाली गीत संगीतको लागि भने उनले अलिकति पनि समय कम हुन दिएका छैनन् । गीतमा अम्बर तुम्बापो सुब्बाको संगीतले ठुलो भूमिका खेलेको छ । उनको कामको पनि यति बेला औधि चर्चा भईरहेको छ । अमेरिकामा मात्र नभएर नेपालमा पनि उनको कामको उल्लेखनीय प्रशंसा भईनै रहेको छ ।
नेपालि गित संगीतको उत्थान तथा प्रबर्दन गर्नका लागि चर्चित गायक जोडी कन्हैया सिंह र अन्जना गुरुङ्गले २०७० सालमा ‘टिका गोपाल डिजिटल एम कृएसन प्रा. लि.’, स्थापना गरेका हुन्| गायक कन्हैया सिंहकि स्वर्गिय माता टिका माई परियार र पिता गोपाल सिंह परियारको समझनामा यसै बर्ष देखि “टिका गोपाल संगीत छात्रबृती कोष”को इस्थापना गरेको छ उक्त कोषको सम्योजकमा कन्हैया सिंहकी बहिनी र कम्पनिकी बजार ब्यवस्थापक गिता परियार छन् भने प्रमुख छनौट समितिका दुइ निर्णायकमा संगीतकार सन्तोष श्रेष्ठ र गितकार एवम पत्रकार सुमन बैरागी हुनु हुन्छ ।