सधै हसिला साथै रसिला देखिने गायक हेमन्त शर्माका गीतहरु पनि सदाबहार छन्| समयसंगै चल्दै आयका गायक हेमन्त शर्माले नयाँ गीत “गोरी भन्दा रैछन” भिडियो सहित आफ्नै यूट्यूब च्यानल “हेमन्त शर्मा” बाट सार्बजनिक गरेका छन् । एउटी चन्चले युवतीलाई जिस्कायका सब्द गायक आफैले रचेका हुन् भने प्रसिद्ध संगीतकार सुरेश अधिकारीले लोक आधुनिक पाराको संगीत भरेका छन् जसलाई महाराज थापाले संगीत संयोजन गरेका छन् । Find More …
आधुनिकधारका मर्म स्पर्शी गित गाउदै आयका गायक युबराज चौलागाई “एक्लै जिउने रहर छैन” बोलको गितको साथमा फेरी श्रोता माझ आयका छन्। हालै भिडियो सहित सार्बजनिक गरियको उक्त गित, गितकार प्रभात सुबेदीको एल्बम प्रभातमा समाबेश छ । बिछोडका भावनालाई गीतका सब्दमा बुनियको छ जसलाई प्रल्हाद बोगटीले संगीतबद्ध गरेर सुरिलो धुन तयार परेका छन् अनि उदय राज पौडेलले संगीत संयोजन गरेर सुनौ सुनौ लाग्ने बनायक छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँफु पनि संगीतको पारखी भएको बताएका छन् । गीतकार श्रवणकुमार जोशीको एकल शब्द रहेको एल्बम ‘श्रावणी’ बिमोचन गर्दै प्रचण्डले भने आँफुले सबैभन्दा बढी गीत संगीत पढ्ने समयमा सुनेको बताए । गीतकार जोशी ब्यबसायीका अलावा राम्रा गीतकार भएको समेत तर्क गरे । सङीतकार सुनिल मास्केको एकल सङीत तथा शिव परियार र मीलन अमात्य को संयुक्त स्वर रहेको एल्बम श्रावणीको बिमोचन गरिएको छ।
चर्चित गायक त्रिलोक रानाले ७ वर्षपछि नयाँ एल्बम “वरदान” लिएर आएका छन् । गायक रानाले आफ्नो एल्बम “वरदान” मा समावेश गीत काँडा छोए फुल बन्छको म्युजिक भिडियो समेत सार्वजनिक गरेका छन् । विभिन्न ८ वटा गीत समावेश गरिएको उक्त एल्बमको पहिलो गित काँडा छोए फुल बन्छको म्युजिक भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।