सानै उमेरमा राजधानी बाहिर बसेर पनि सांगीतिक चर्चा बटुल्न सफल गायिका आकांक्षा बश्यालले , राजधानीमा आयर गायन तथा अध्यन दुबैलाई अगाडी बढाई रहेकी छिन्| आकांक्षा पछि साकार एल्बम बजारमा ल्याइसकेकि आकांक्षाले कैयौ कलेक्सन एल्बम तथा चलचित्रमा स्वर दियिसकेकी छिन्| यसै क्रममा आफ्नो तेस्रो एल्बम साकार २ का गीतहरु सार्बजनिक गर्ने क्रममा “म पग्लन्छु” बोलको गीतलाई भिडियो सहित आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी छिन्| Find More …
प्रेम वियोगको भावलाई कलात्मक ढंगले आफ्नो कलम मार्फत अभिव्यक्त गर्न खप्पिस् युवा गीतकार देवदत्त भट्टको रचना र भजन गायकका रुपमा ख्याती कमाएका गायक कृष्ण भण्डारीको आवाजमा रहेको “तिमीले बिहे गर्यौ अरे….”बोलको गीतको कुरा हो यो । आफ्नो प्राण भन्दा पनि प्यारी प्रेमिकाको सिउँदो अरु कसैले रङ्गाएको हल्ला चल्दा प्रेमी विक्षिप्त बन्नुपरेको कथावस्तुमा आधारित एउटा मार्मिक गीतको रचना गरे युवा गीतकार देवदत्त भट्टले अनि शब्दको मर्म लाई समातेर संगीत संगीत र स्वरले जीवन्त पारे गायक कृष्ण भण्डारीले । यस गीतलाई नेपालकै राम्रो बाँसुरीवादकको रुपमा ख्याती कमाएका गायक तथा संगीतकार बलराम समालले एरेञ्ज गरेका हुन ।
सांगीतिक समुह नेपथ्य र अमेरिका जब जोडिन्छ तब केहि चर्चा चुलिने गर्छ| केहि समय अगि VISA रिजेक्टको कुराले आकाश छोयको थियो भने गत बर्षको एउटा मात्र शोले पनि अनेक प्रश्न खडा गरेको थियो| गत बर्ष नेपथ्य न्यु योर्कमा आउदा अन्य राज्यहरुबाट पनि कार्यक्रमको लागि पहल गरियको थियो तर सबै मिथ्या भयको थियो| कुनै पनि नेपाली कलाकारको भन्दा धेरै ठुलो माग ब्याण्डले गर्ने गरेको छ चाहे त्यो पारिश्रमिकको कुरा होस् या हस्पिटालिटिको कुरा होस् या भेन्युको कुरा या साउण्ड सिस्टमको कुरा सबैमा नेपथ्यको आफ्नै अडान हुने गरेको छ|
गायक, संगीतकार तथा गीतकार कन्हैया सिंहले एउटा राष्ट्रिय भावनाले ओतप्रोत भयको गित आज भिडियो सहित युट्युब च्यानल मार्फत सार्बजनिक गरेका छन्| “जहाँ चाँदी झैँ टलकिन्छ हिमाल” बोलको उक्त गित करिब सात बर्ष अगि देखिनै सब्द तथा संगीत कोर्ने , काट्ने तथा छाट्ने गर्दै आइरहेका थिय जसले अन्तत मुर्त रुप पायको छ अर्थात् गित रेकर्ड भयर भिडियो सहित सार्बजनिक भयको छ| माया, पिरती , मिलन , बिछोडका धेरै गित गायिसकेका कन्हैयालाइ लामो समय देखि यो गित पुरा गर्न मन हुदा हुदै पनि मिलिरहेको थियन |