नेपाली आधुनिक तथा चलचित्र गित सांगीतमा फरक पहिचान बनायका गायक स्वरुपराज आचार्यको स्वरमा नयाँ गित “गयौ जब ” को म्युजिक भीडियो सार्वजनिक भएको छ । सार्वजानिक गीतमा संगीत तुला कुवरको तथा शब्द देवदत्त भट्टको रहेको छ| बिछोडका पिडा भाव व्यक्त गरियको उक्त गीतको भिडियोमा अस्मीक, मन्दिरा, नेहा तथा सविनको अभिनय रहेको छ ।
भिडियो निर्देशक मनोज बिष्टको निर्देशनमा बनेको म्यूजीक भिडियो ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् भने बिकाश धमलाले सम्पादन गरेका हुन् । उक्त भिडियोमा प्रेम, मिलन र बिछोडलाई प्रस्तुत गरिएको छ ।
गायक भुवन प्यासी फेरी पनि अर्को नयाँ गीत “झम्के झम्के साँझमा”को भीडियो लिएर आएका छन्। हालै सार्वजानिक गरियको गीतमा संगीत तथा शब्द राजेन्द्र बजगाईंको रहेको छ|
आफ्नो अलग खालको टोनले एउटा छुटै पहिचान बनाइ, निरन्तर उत्कृष्ट गीतहरु नेपाली दर्शक श्रोता माझ पस्कन सफल भएका गायक आर्जन पाण्डे फेरी पनि एउटा चर्चाको बिषय बन्न पुगेका छन् ।गायक आर्जन पाण्डेले आफ्नो सांगीतिक यात्रा “ओइलिएर झर्न दिन्” बोलको गितबाट आफ्नो यात्रा सुरु गरेका थिए जसमा केकी अधिकारीले आफ्नो अभिनय प्रस्तुत गरेकी थिइन् ।
