
ऐतिहासिक गायिका मेलवादेवी बिस १९९० साल तिरकी बहुचर्चित गायिका हुन् । भन्ने गरिन्छ- लोक संगीत, शास्त्रीय संगीतको बेजोड सम्मिश्रणयुक्त स्वर माधुर्य र यस प्रकृतिको जादुगरी आवाजले भरिएकी अमर र अजम्बरी गायिका नेपाली संगीतमा बिरलै जन्मिएलान । झन् पर जान्छु लै लै झन् माया लाग्छ बरी लै, आऊ न बसौँ पियारी मिर्मिरे झ्यालैमा, माया मारी- मारी निष्ठुरीले, हाय मेरो परदेशी प्रियतम छोडेर जानु भो, यो जिन्दगीको के भरोसा, न घरलाई घर कहलिन्छ, भूकम्पको त्रास, ( नेवार भाषामा गाईएको गीत ) थापा न थली, श्री ३ महाराज सुन प्रभु, क्रय फुलबारी, आदि मेलवादेवीले गाएका उत्कृष्ट गीतहरु हुन् । सम्पूर्ण नेपालीहरुलाई आफ्नो स्वर शृंगारले बसिभुत तुल्याउंदै, स्वरको माध्यमबाट सम्मोहन छर्दै बि.स. २००७ साल अघिको समयमा नेपालीहरुको घर घरमा चर्चाको केन्द्रमा रहिन । अन्तत: कलकत्तामै जीवनको अन्तिम स्वास फेरेकी हुन् । Find More …
बाबु बोगटी एक नेपाली कला जगतका बहुप्रतिभाशाली व्यक्तित्व हुन् जो गाउने, अभिनय गर्ने , संगीत भर्ने लगायतका काममा व्यस्त रहन्छन| केहि समय अगि मात्र २ ओटा भिडियोहरु सहित पाँचौ एल्बम ” रिस्पेक्ट ” सार्बजनिक गरेका थिय| सोहि एल्बममा रहेको “थोरै थोरै” बोलको गितको पनि म्युजिक भिडियो सार्बजनिक भयको छ। यस गीतमा शब्द चर्चित गायक जेम्स प्रधानका पिता जी.एम.प्रधानको रहेको छ| एउटा युवा एउटी युवती तिर आकर्षित भयको कुरा गित मार्फत व्यक्त गर्न खोजियाको छ| तिनै सब्दलाई आफ्ना चर्चित गीतहरु भन्दा अलि फरक ढंगमा संगीतबद्ध गरेका छन् गायक बाबु बोगटीले अनि संगीत संयोजन गरेका छन् मोहित मुनालले|
नेपाली चलचित्र बजार साघुरो कठघरामा उभिएर पनि ठुलो क्षमता राख्ने प्रयत्न गर्छ। सिमित दर्शकलाई काखी च्यापेर टिकेको यो क्षेत्र लाखौको रहरको केन्द्रथलो बनेको छ। आजसम्म यो क्षेत्रमा लागेर कति माथी उठे त कति पत्तासाफ भए कुनै त्यसको लेखाजोखा नै छैन। यो साँघुरो बजार कहिले हलिउड त कहिले बलिउडको तिखा प्रहारको मारमा परिरहन्छ। सिमित श्रोत र साधनको भरमा चलेको नेपाली फिल्मी दुनियाँ आफ्नै भूमरीमा समेत दिशा विहिन बन्ने गरेको छ।
संगीतको निरन्तर साधनाले खारियको स्वरकि धनि गायिका निशा देशार फेरी आयकि छिन् नया गित “लत लाग्यो” को साथमा| अहिले बजारमा चर्चा बटुल्ने क्रममा रहेको उक्त गितमा सब्द रचना गीतकार आनन्द अधिकारीको रहेको छ भने संगीत शिखर सन्तोषको रहेको छ| मायाको लत अनौठो हुन्छ, जुन धोएर नजाने -रोएर नजाने, छुटाउदा नछुट्ने -भुलाउंदा नहुने , लौन कस्तो लत लाग्यो ? सागर सरि मदिराको मातै मात लाग्यो | साएद माया को लत येस्तै हुन्छ होला भन्नु हुन्छ गीतकार आनन्द अधिकारी| मेलोडियोस पप सैलिमा तयार पारीयको उक्त गीतमा बिजेश्वर तन्डुकारको संगीत संयोजन रहेको छ|