फिल्मका सबै क्षेत्रको बारेमा ज्ञान हासिल गर्न चाहनेहरुको लागी राजधानिको मिनभवनमा खुलेको एभेष्ट फिल्म एकेडेमीले बुधवार आफ्नो एकेडेमीको पहिलो ब्याचका विद्यार्थीहरुलाई ओरेन्टेसन कक्षा सञ्चालन गरेको छ। फिल्म क्षेत्रसंग आबद्ध बरिष्ठ फिल्मकर्मीहरुको संग्लनता रहेको यस एकेडेमीले पहिलो ब्याचलाई फिल्म निर्देशन, अभिनय, सिनेमाटोग्राफी र दृश्य सम्पादनको कक्षा संञ्चालन गर्ने भएको छ।
नेपालमा निजि क्षेत्रबाट पहिलो बाट खोलीएको एकेडेमीले हरेक बिधाका बिद्यार्थीलाई एक बर्ष सम्म समग्र फिल्म क्षेत्रको बारेमा ज्ञान प्रदान गरिने एकेडेकीका प्रेसिडेन्ट कलाकार सुनिल थापाले बताए। ‘हाम्रो एकेडेमीको मूल उद्देश्य भनेकै सिर्जनशील व्यक्तिको प्रतिभालाई निर्खादै नेपाली फिल्म क्षेत्र लाई संम्बृद्ध बनाउने जनशक्तिको विकाश गर्ने हो’ थापाले बताए। Find More …
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सोमवार राष्ट्रपति बिद्यादेवी भण्डारीको बाहुलीबाट चार स्रष्टाहरुलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान गरेको छ। गएको बर्ष नाटक निर्देशक गायक हरिप्रसाद रिमाल, संगीतकार चन्द्रराज शर्मा, नृत्य निर्देशक भैरव थापा र वाद्यवादक न्हुच्छेबहादुर डंगोललाई लाई प्रदान गरिएकोमा यस पटक संगीतकार तथा वेलावादक गोपालनाथ योगी, लोकगायक प्रचण्डबहादुर बुढाथोकी, नाट्यकर्मी महेन्द्र मलब्गीया र नाट्यकलाकार शकुन्तला गुरुब शर्मालाई पुरस्कार बाट सम्मानित गरिएको हो।सम्मान कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतिष्ठानका उपकुलपति एवम् संगीतकार
युवा मोडल प्रकाश आचार्य र चर्चित नायिका तथा मोडल उषा पौडेलबीच रोमान्स चलेको छ,न्युयोर्कको न्युबर्गका बिभिन्न रमणीय स्थानहरुमा दुइजनाको रोमान्स सुरु भएको हो,यो रोमान्स वास्तविक रुपमा नभई गायक राजेन्द्र राई र गायिका बिजया सिम्खडाले आवाज दिएको लोक-आधुनिक गीत “कति राम्री ए नानी गाजले…..”को म्युजिक भिडियोमा मात्रै रहेको छ,उक्त गीतको शब्द/संगीत बिमल डाँगीको छ भने एरेन्जर बिनोद बाजुराली र रेकर्डिष्ट ओम कर्माचार्य हुन् ,चर्चित नायिका ऊषा पौडेलको साथमा प्रकाश आचार्य,सन्जु श्रेष्ठ,रबिन बिडारीको अभिनय रहेको उक्त गीतमा कोरियोग्राफी राज कपूरले गर्नुभएको छ भने निर्देशन चर्चित निर्देशक प्रशन्न पौडेलले गर्नुभएको छ,गीत अब छिट्टै बजारमा आउने क्रममा रहेको छ|