गायिका स्मिता दाहालको तेस्रो कोसेली स्वरुप रागिनी एल्बम माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आथित्यततामा राजधानीमा बुधवार एक कार्यक्रमको बिच सार्वजनिक गरिएको छ। योगेन्द्र मणी दाहालको एकल रचना र सुनिल मास्केको एकल संगीतमा सजिएको एल्बमका सबै ५ गीत स्मिताको स्वरमा सजिएको छ|अमुल कार्की ढलीको संगीत संयोजन रहेका सबै गीतको मिक्सिंग तथा मास्टरिङ्ग किशोर थापाले गरेका हुन्| उल्लेखनीय संगीतकर्मीको उपस्थिती रहेको बिमोचन समारोहमा माओबादी अध्यक्ष प्रचण्ड, नागरीक उड्ययान मन्त्री आनन्द पोखरेल, गीतकार यादव खरेल, गायक दीप श्रेष्ठ र गायक संगीतकार दीपक जंगमले एल्बमको एक साथ बिमोचन गरेका हुन्। Find More …
नेपाली लोक गित संगीतमा युवा पुस्ता देखि बुढापाका सबैले मन पराउने खालका मन छुने,समाजको भावनालाई टपक्क टिपेर समय सापेक्ष्य र जनजिब्रोमा झुन्डिने गित बनाउन तथा गाउन माहिर नबिन पौडेलको नया गित आयको छ| केहि समय अगि मात्र आयको “हरेक जातजाती छौं नानाथरी मिलेर बसौं यहि जन्मभुमी छ स्वर्गसरी” भन्ने गितको चर्चा सेलौना नपाउदै नया गीत “मन चाहिँ यतै ढल्किनी” ल्यायाका छन्| 