मधुशाला बजारमा

गायक सत्यराज आचार्यको महत्वकाक्षीं गजल एल्बम मधुशालाको राजधानिमा एक भव्य कार्यक्रमको बिच बिमोचन भएको छ।शनिवार राती सोल्टी होटलमा एक कार्यक्रमको आयोजना गर्दै सत्यराज आचार्यको एल्बमलाई सम्पूर्ण आचार्य परिवारले एक साथ बिमोचन गरेका हुन्।बिमोचन गर्नेमा पिता भजनशिरोमणी भक्क्तराज आचार्य, माता सावित्री आचार्य र भाई स्वरुपराज आचार्य रहेका थिए।८ ओटा गजल समावेश उक्त एल्बमको सबै गजलमा शव्द,संगीत र स्वर गायक स्वयमको रहेको छ। Find More …

दर्पणछायाँ २ को शुभमुर्हत

१५ बर्ष पहिलाको सुपरहिट नेपाली फिल्म दपर्ण छायाँको सिक्वोलको रुपमा निमार्ण हुन लागेको दपर्ण छायाँ २ को सोमवार राजधानिमा एक कार्यक्रमको बिच शुभमुर्हत गरिएको छ। नेपाली फिल्म जगतमा दिलीप रायमाझी, उत्तम प्रधान निरुता सिंहजस्ता भेट्रान कलाकारहरु जन्माउन सफल दपर्णछाया को दोस्रो भाग पनि तुलसी घिमिरेकै कथा र निर्देशनमा तयार हुने भएको छ। चिनो, दक्षिणा, लाहुरे, दर्पणछायाँ जस्ता हिट फिल्म दिईसकेका तुलसी घिमिरेले फिल्म दर्पणछायाँ २ मा पनि नयाँ अनुहारलाई भित्र्याउने भएका छन्।एक सफल फिल्म निर्देशकका छवी बनाएका घिमिरेले दपर्णछायाँ २ ले पनि पुरानो दर्पणछायाँको जस्तो भाव र कथा बोक्ने बताएका छन्। Find More …

सरीताको दृष्टिबाट “सिमलको भुवा झै” (भिडियो सहित )

37be3ca0-da00-4390-b68e-b6c01b87241fसिमलको भुवा झैँ उड्ने हो कि मन, कतै अल्झियर चंगा झैँ उड्ने हो कि मेरो मन, मेरो बैसालु चुलबुले पन किन बढ्दै छ आज भोलि झन्, यस्तै सब्द जसले एउटी बढ्दो उमेरकी महिलाको मनको भावना ब्यक्त गर्न खोज्दछ| यी सब्दलाई गितिबद्ध गरेका हुन् रेशम रचकले जसलाई आधुनिक धारमा संगीतबद्ध गरेका छन् टेक नारायण चापागाई (टि एन सि )ले अनि सुमधुर स्वरमा न्यायपूर्ण तरिकाले गायकी छिन् उदयीमान दृष्टि विहिन गायिका सरीता अधिकारीले | पोखराकी यी नव गायिका आधुनिक गिती एल्बम “दृष्टि” लिएर नेपाली सांगितकि क्षेत्रमा उदाएकी छिन् Find More …

हिरो स्टाइलमा बाइक कुदाउादा यसरी गुल्टियो झिल्के ! (भिडियो)

टंकले ल्याए रमाइलो पाराको ट्राफिक गीत ‘गुल्टियो झिल्के’ ‘झिल्केले हाक्छ बाइक हिरो स्टाइलमा, रोइकराई गर्दा किन्दे बा ले किस्तामा, झिल्केले हाक्छ बाइक हिरो स्टाइलमा, ओभरटेक गर्न खोज्छ जुनसुकै भिडमा’ गायक टंक बुढाथोकीले यस्तै–यस्तै शब्द रहेको ट्राफिक गीत ‘गुल्टिीयो झिल्के’ । ट्राफिक जनचेतना फैलाउने उद्देश्यले निकालिएको यो गीतको म्युजिक भिडियो शुक्रवार एक कार्यक्रमविच महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआईजी प्रकाश अर्यालले सार्वजनिक गरे । Find More …