शिवलाई मन पर्यो पार्वती

गायक शिब परिparयारको चर्चा यत्र तेत्र सर्बत्र भैरहेको छ| महिनौका विभिन्न खाले विदेशका कार्यक्रम हुन् या उनका नया नया गित संगीत| यति मात्र कहाँ हो र, उनले पायको दर्शक श्रोताको माया अनि तेसैको उपज उनले पाउने सम्मान, अवार्ड्स अनि पुरस्कार यी सबै कुराले उनलाई चर्चाको शिखरमा राखी रहन्छ|अहिले उनि दुइ ओटा कुराले चर्चित छन्| 

शिवले “अन्तराष्ट्रिय युवा दिवश 2016 ” का उपलक्ष्यमा नेपाल सरकारका तर्फबाट प्रदान गरिने “एक लाख नगद पुरस्कार राशी”सहितको “राष्ट्रिय युवा प्रतिभा सम्मान 2016 ” संगीत क्षेत्रबाट,यही अगस्त 12 मा सम्मानितहुने अवसर पाउँदै छन् | यस अवसरमा उनि भन्छन “नेपाली संगीत प्रतिको मेरो “सोच क्षमता, गायन ,स्वर र सिर्जनालाइ बिस्वाशगरि मलाइ यस पुरस्कारकालागि योग्य बनाउनुहुने तपाइँ आम नेपाली स्रोताहरुप्रति सदैव ऋणी रहने छु| तेस्तै प्रतिभा पहिचान गर्नुहुने सम्पूर्ण नेपाल सरकार समबद्ध व्यक्तित्वहरुमापनि हार्दिक धन्यबाद ब्यक्त गर्दछु| नेपाली संगीत प्रतिको जिम्मेबारी अझ्झ बढेको महसुस गरेको छु|”

parwati
यो पुरस्कारको जानकारी संगै उनको स्वरमा अनि राजन राज सिवाकोटीको सब्द अनि संगीतमा नया गित भिडियो सहित सार्बजनिक गरियको छ| शिवालय एल्बममा संग्रहित उक्त गीतको बोल छ “पार्वती पार्वती”| नेपाली हिन्दु महिलाहरुमा तीजको सरगर्मी चढेको छ| अहिले तीज नजिकिदै गर्दा धेरैले महादेव महादेव पुकारेको अवस्था छ अनि यो गीतमा पार्वतीको जप टप देखि शिव प्रसन्न भयको, पार्वतीलाई मन पराउने धेरै भय पनि पार्वतीको मन शिव संगै जोडियको, जस्ता कुरालाई व्यक्त गरियको छ| समग्रमा शिव पार्वतीको कथालाई आधुनिक तरिकाले यहाँ प्रस्तुत गरियको छ| बिशाल भण्डारीको निर्देशनमा बनेको भिडियोमा निराजन  र सुरक्षाको आकर्षक अभिनय छ| हरि हुमागाईंले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्|

One thought on “शिवलाई मन पर्यो पार्वती

Comments are closed.