प्रजिताको आँखा राम्रो

एकदमै मिलनसार स्वभाव अनि सहयोगी भावना भयकी गायिकाको रुपमा चिनिने प्रजिता गेलालको चर्चा फेरी बढन थालेको छ| भर्खरैमात्र मलेसियाको कार्यक्रममा दमदार प्रस्तुति दियर फर्केकी प्रजिता संसारमा जहाँ रहे पनि संगीत नछोड्ने बताउछिन|सहि कुरा हाक्का हाकी बोल्ने निडर प्रजिता बिराटनगरमा जन्मेकी हुन् हाल उनि अस्ट्रेलियामा बस्दै आयकि छिन | आफ्नो तेस्रो गीति एल्बम प्रजिताबाट (Prajita (I am a Beautiful Girl)) “मेरो आँखै राम्रो” बोलको गितको भिडियो र्बजनिक भय लगत्तै विभिन्न प्रसंसकले तारिफ गर्न थालेका छन्| पहिलो एल्बमबाट “चंचल चंचल” अनि दोस्रो एल्बमबाट “झुमी झुमी” गीतहरु धेरैले मन परायको उनि बताउछिन| यसरि नै यो तेस्रो एल्बमको गीतबाट पनि उनले धेरै प्रसंसा पाउन थाली सकेकी छिन|

गत हप्ता मात्र सार्बजनिक गरियको उक्त गीतमा सब्द संगीत चिर परिचित गायक जोहेब मानन्धरको रहेको छ| एउटी बैसालु केटीलाई केटाहरुले के के भनेर जिस्काउने या प्रसंशा गर्ने गर्छन भन्ने कुरालाई गीतमा ब्यक्त गर्न खोजियको छ| रोमान्टिक पप सैलिमा संगीतबद्ध गरियको छ| यस गीतको भिडियोमा प्रजिता आफैले अभिनय पनि गरेकी छिन चर्चित नायिका शुस्मा कार्कीसंग| गोदावरीमा सुटिंग गरियको उक्त भिडियो सम्पादन गरेका छन् प्रविन श्रेष्ठले भने निर्देशन पासाङ्गले गरेका छन् जसलाई अमृत सुनुवारले छायांकन गरेका छन् | सफलताको शुभकामना छ “मेरो आँखै राम्रो ” टिमलाई|