लम्जुङ नेटा-थान्सिङ मा जान्मिएका गाएक तथा गीतकार प्रकाश सिङ को पहिलो एल्बम “मेरो सारंगी” ११ मे २०१६ मकाउको ईण्डियन गार्डेन् रेस्टुरेन्टमा भब्यरुपमा बिमोचन कार्यक्रम सम्पन्न भयो | NRNA मकाउका अध्याक्ष मुकेश बरूवालको प्रमुख अतितथ्यमा कार्यक्रम सन्चालन भएको थियो । मकाउमा कार्यरत विभिन्न संघ संथाका पदाधिकारीहरुको उपस्थित रहेको थियो साथै बरिस्ट गाएक तुला पर्बतको पनि उपस्थित रहेको थियो । उपस्थित बिसिस्ट अतिथिहरुलाइ सुश्री श्रिशा कुँवर र एमि ले दोसल्ला ओढाइ माया को कोसेली स्वोरुप प्रकाश सिङ को एल्बम “मेरो सारंगी” प्रदान गर्नु भएको थियो । तेस पछी NRNA मकाउका अध्याक्ष मुकेश बरूवाल लगायत उपस्थित अतिथि हरुको हात बाट CD कभर को रिवन फुकाइ बिमोचन गरिएको थियो । सम्पूर्ण उपस्थित महिला तथा भद्र् भलाद्मी हरुले आफ्नो स्थान बाट उठेर ताली दिई खुशी ब्याक्त गर्नुभएको थियो ।
उपस्थित अतिथि हरुले गाएक तथा गीतकार प्रकाशलाइ बधाई तथा शुभकामना दिनुभएको थियो । येसै क्रम मा प्रमुख अतिथि NRNA का अध्याक्ष मुकेश बरूवाल ले मकाउमा पहिलो पल्ट गिती एल्बुम बिमोचन गरिएको र मेरो सारंगी शिर्स गीत उत्त्क्रिस्ट रहेको , आउँदा दिन मा यस्तै नयाँ नयाँ सिर्जना गर्दै अगाडि वढ्न प्रोहत्सान गर्दै गाएक प्रकाश सिङ लाई शुभकामना दिनुभएको थियो । बरिस्ट गीतकार ईन्द्र चोंग्वाङले पनि नेपाली गित संगीतको बारेमा र प्रकाश सिङ को एल्बमको वारेमा थप जानकारी सहित शुभकामना दिनुभएको थियो ।

मेरो सारंगी को पृष्ठ भुमी बारे बोल्ने क्रम मा प्रकाश सिङ ले गत वर्स को महा भूकम्प को याद दिलाए , भूकम्प को कारण एल्बुम १ वर्स ढिला भएको पनि प्रस्ट्याए , कबर मा ८ वटा गीत भए पनि एल्बुम मा ९ वटा गित हरु भएको जानकारी गरएका थिया । सबै गीत हरु मेलोडियस भएकोले गर्दा जुनसुकै उमेर का दर्सक स्रोता लाई मेरो सारंगी मन पर्नेछ , र २ वटा म्युजिक भिडिओ पनि यु टुब् मा हेर्न सकिने वताए । सबै गीत का रचना , संगीत र स्वोर आफ्नै रहेको , एस मा ६ वटा गीत बुद्ध सायमी ले संगीत संयोजन गर्नुभएको , २ वटा गीत पुस्कर सुनुवार र एउटा गीत पावल चाम्लिङ राईले गर्नुभएको भन्दै वहाँ हरुलाई पनि धन्यवाद दिनुभएको थियो । यो मेरो सारंगी हो , यो तपाईंको सारंगी हो ,यो प्रतेक स्वाभिमानी नेपाली को गर्व गर्ने सारंगी हो भन्दै मेरो सारंगी गीत गाएर उपस्थित सबै को मन जितेका थिए । पसुपती श्रेस्ठ , अमर लिङ्देन लगायत केही साथीहरु गीत संगै निर्त्या गरी कार्यक्रम को माहुल झन रमाइलो बनेको थियो । अन्तमा उपस्थित सम्पूर्ण लाई धन्यवाद दिदै प्रमुख अतिथि NRNA अध्याक्ष मुकेश बरूवाल ले कार्यक्रम समापन गर्नुभएको थियो । समापन पछी उपस्थित सम्पूर्ण अतिथि लाई डिनर को व्यबस्था गरिएको थियो ।
