कामको सिलसिलामा मकाउ बिदेसीएका युबा प्रकाश सिंग प्रबाशमानै बसेर नेपाली मेलोडी गीतहरुको पहिलो एल्बम मेरो सारंगी लिएर नेपाली संगीतिक फाटमा उदाएका छन। लमजुंग नेटा – थान्सिंगमा जन्मीएका गीतकार तथा गायक प्रकाश सिंग आफ्नै एकल प्रयासले एल्बम ल्याएको बताउँछन्। नया बर्ष २०७३ को अवसर पारी दुइवटा म्यूजिक भिडियो पनि रिलीज गरेका छन। मेरो सारंगी शिर्ष गीतमा उनलाई नायिका नीता ढुंगानाले साथ दिएकी छन र प्रकाश आफैले अभिनय गरेका छन। अर्को भिडियो
भूकम्प सम्बन्धी गीत भएकोले र उनी आफै भुकम्प पीड़ित भएकाले भूकम्प जादाको आफ्नो अनुभवलाई गीतमा उतरेको बताउँछन्। एल्बमको कवरमा ८ ओटा गीत भएता पनि एउटा बोनस सहित ९ ओटा गीतहरु समावेश छन। यी सबै गीतहरुमा उनको आफ्नै शब्द, संगीत र गायन रहेको छ। बुद्ध सयामीको ६ ओटा गीतमा संगीत संयोजन रहेकोछ भने २ ओटा गीतमा पुष्कर सुनुवारको रहेको छ र एउटा गीतमा संगीतकार पावल चामलिंग राईको रहेको छ। यसमा केहि ट्रेजेडी लव स्टोरी बोकेक गीत छन भने केहि गीतहरु रोमांटिक धारका गीतहरु छन। मेलोडी गीतहरु भएकोले गर्दा जुन सुकै उमेरका दर्शक श्रोताहरुलाई मनपर्ने छ भन्ने दाबी गर्छन् गायक प्रकाश। गत बर्ष नै एल्बमको पूर्ण तैयारी भएता पनी भूकम्पको मारमा परी एल्बम एक बर्ष ढीला आएको बताऊछन। अंतत एल्बम बजारमा आएको छ। मेरो सारंगी शिर्ष गीत प्रत्येक नेपालीको गर्व गर्ने गीत हो। यो गीतले हामीलाई धेरै स्वाभीमनी, राष्ट्वादी र राष्ट्प्रति गर्व गर्ने सन्देश दिन्छ भनदै गीतकार तथा गायक प्रकाश सिंग मेरो सारंगी सुनीदिन अनि हेरिदिन आग्रह गर्छन्।