अरु रेल आउलान नआउलान तर छक्का पन्जा को पूर्व पश्चिम रेल आयो है

संगीतकार, गीतकार तथा गायक राजन राज सिवाकोटीको सब्द, संगीत अनि अन्जु पन्थ संगको युगल गायनमा छक्का पन्जा चलचित्रको गित सार्बजनिक भयको छ| दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्रमा वडा नम्बर ६ का अधिकांश कलाकारका साथमा केहि नया थापियाका छन्| चलचित्र वडा नम्बर ६ मा रहेको गित सुर्के थैली कै भाग २ भन्न सुहाउने यो लोक भाकाको गितमा पुर्ब पश्चिम रेलमा मायासंग गुडेको कुरा गरियको छ| भबिस्यमा राम्रो हुने सकारात्मक संदेश पनि दिन खोजेको देखिन्छ|

उक्त गीतमा राजन इशानकै संगीत संयोजन रहेको छ भने कोरियोग्राफी कबिराज गहतराजले गरेका छन् भने पुरुसोत्तम प्रधानले छायांकन गरेका छन्|देशका भिभिन्न ठाउमा छायांकन गरेर गीतलाई आकर्षक बनाउन  खोजियको छ| चलचित्र छक्का पन्जा भाद्र २४ मा रिलिज हुदै छ |शुभकामना छ चलचित्र छक्का पन्जाका सम्पूर्ण युनिटलाइ|