नेपाली एक्टर रेश मरठ्ठाले बाल्टिमोर अमेरीका पुगेर आफुले तयार पारेको पुस्तक बिमोचन गरेका छन्। प्रोफेसर डक्टरहरुको समुह डा. सेल्भीन कुमन, डा. कार्लोन प्रवा, डा. उनी शिवरमान र तामील एक्टर ऱ्याकले एकसाथ रेशको पुस्तक ट्रिप टु भेगस बिमोचन गरेका हुन्। पुस्तक बिमोचन कार्यक्रममा बोल्दै रेशले लामो समयदेखीको सपना साकार भएको बताए। पुस्तकले एसीयन अमेरीकनको अबस्था र उनीहरुको मुद्धालाई उठाउने जनाए। ‘पुस्तकभित्र मित्रता र रोमान्सको कथामा कसरी हिंसा जोडीन पुग्यो त्यो बिषय उठाएको छु। मलाई थाहा छ पुस्तकले दुबै पक्षलाई न्याय गर्ने छ र आशा छ एक दिन यही पुस्तकको कथालाई लिएर फिल्म समेत बन्ने छ’ उनले भने।
यता नायक मरठ्ठाले किङ्स युनिभर्सिटीबाट मानार्थ डाक्टरको उपाधी समेत हासिल गरेका छन्। हिल्टन होटल बाल्टिमोर मेरील्याण्डमा ३० मे को दिन एक कार्यक्रम गर्दै किब्स युनिर्भरसिटीको तर्फबाट डाक्टर कुमारले रेशलाई डाक्टरको उपाधीबाट सम्मानित गरेका हुन्।