आस्था ब्याण्डबाट नेपाली सांगीतिक आकाशमा छायका नरेन लिम्बु गायक, संगीतकार , रचनाकार तथा निर्देशक अनि मोडलको रुपमा सक्रिय रहदै आयका छन्| आअज्कल उनि राम्रा म्युजिक भिडियो निर्देशक पनि बनेका छन्| भर्खरै सार्बजनिक भयको अड्रियन प्रधानको “chopsticks” बोलको गीतमा उनको राम्रो अभिनय पनि देख्न सकिन्छ| भर्खरै उनले आफ्नो नया गीत ऋतु (रेल्ला नगर ) को भिडियो सार्बजनिक गरेका छन् आफ्नै युट्युब च्यानल मार्फत|
हर्कुलस बस्नेत र नरेन दुवै मिलेर रचना तथा संगीत भरेको गितमा धेरै समय बिति सक्यो किन अझै कुरौछेउ, आउ माया पिरत गासौ, यो बैस खेर नफालौ जस्ता भावना सुन्न सकिन्छ| यति मात्र होइन एउटा केटा जसले एउटी केटीलाई कुरा कुरा चरम बिन्दुमा पुगेर आफ्नो मनको भाब पोखेको भेटिन्छ| अल्मोडा राना उप्रेतीले संगीत संयोजन गरेको उक्त गीतलाई उज्वल श्रेयन महतले मिक्सिंग तथा मास्टरिङ्ग गरेका हुन्| यो गीतको भिडियो नरेन आफैले निर्देशन गरेका छन् जसमा मेघना चौधरीले आकर्षक अभिनय गरेकी छिन्| उक्त गीतको छायांकन ब्र्यान राईले गरेका छन् भने बिनय कंसाकारले सम्पादन गरेका छन्|