म झकास जिउछु अरुको बालै भयन

ruppppहाम्रो समाजमा आफ्नो भन्दा अरुको चियो-चर्चा बडी हुने गर्छ| आफु को हुँ? मैले के गरिरछु? मैले गर्नु पर्ने के हो भन्दा पनि अरुले के गरिराछ भन्ने ध्यान दिने चलन छ तर रुपक राईले सार्बजनिक गरेको गीतमा भने फरक छ| “म त यस्तै झकास जिउछु अरुको त बालै भयन” यस्तै यस्तै सब्द छन् जसको मुख्य  कुरानै म मेरो जिन्दगि मेरो तरिकाले जिउछु अरुले के भन्ला के गर्ला भन्ने कुरामा बालै दिन्न भन्ने भाव रहेको छ| यो भावलाइ सब्दमा उतारेका छन् गीतकार के .पी घिमिरेले भने स्वर र संगीत रुपक राईको रहेको उक्त गीतमा संगीत संयोजन गरेका छन् महाराज थापाले |
यो गीतलाई भिडियोमा उतारेका छन् निर्देशक अर्जुन अधिकारीले जस्मा अभिनय गरेका छन् बिनोद र नम्रता सापकोटाले| निशान घिमिरेको सम्पादन रहेको यस भिडियोका छायाकार भने हरि हुमागाईं हुन|