रुपेश र सोनम को साथ सधै भरि रहला त ?

ruesh sonamनेपाली सांगीतिक फाँटमा नया नया संगीतकर्मीको आगमन भैरहेको छ| कोहि रहरले त कोहि धेरै मिहिनेत गरेर आइनै रहेका छन| यसरि आउनेमा रुपेश डंगोल र सोनम महर्जन पनि हुन्| रुपेश को आफ्नै सब्द, संगीतमा रहेको गित “मैले तिमीलाई चाहेको” मा सोनम महर्जनको पनि स्वर रहेको छ| रोमान्टिक सब्द रहेको गीतले भन्छ मैले तिमीलाई चाहेको तिमीले मलाई चाहेको , हाम्रो माया , हाम्रो साथ सधै सधै रही रहोस|

मनोज बिष्टद्वारा निर्देशित भिडियोमा जिवन र प्रिया रानीको अभिनय रहेको छ । सुन्दर ठाउँ जस्तै इन्द्रसरोबरमा छायांकन गरियको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका छन भने टेकेन्द्र साहले सम्पादन गरेका छन। बधाई तथा सफलताको शुभकामना छ सम्पूर्ण टिमलाइ|