सुमन रेग्मीको गायन यात्रा 12 बर्षको उमेर देखिनै सुरु भयको हो| बिद्यालयमा पनि उत्कृट गायकको रुपमा सम्मानित पनि भयका थिय तर आफ्नो उच्च शिक्षा , उच्च सपना पुरा गर्नेक्रममा २०१० मा उनि जर्मनी पुगे| जर्मनीमा कृषि ब्यबशाय अध्यन गरिरहेका सुमनको नशा नशामा बगेको संगीत कहिलै पनि टाडियको थियन| यस अन्तरालमा सुमनले ६० भन्दा धेरै पटक विभिन्न ठाउमा, विभिन्न अवसरमा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन्| संगीतले नै जिन्दगीमा अगाडी बडने सक्ति दियको बताउने सुमनले आफ्नो संगीत , स्वरमा अनि सब्द रचनामा लिजाको सहयोग लियर “साथी हो .. ” बोलको गित भिडियो सहित सार्बजनिक गरेका छन्|
नेपाल छोडेको केहि बर्ष भैसकेको अवस्थामा घर परिवारको कमि महसुस हुनु साथै आफ्ना साथी भाइ संग बितायको पलको याद आउनु अनि साथी भाइसंग भेट हुने चाह हुनु स्वाभाविक हो| यो कुरा उनको मात्र नभयर बिदेशियका लाखौ नेपालीको मनमा आउने कुरा हो| यति मात्र नभयर गाउबाट सहर अनि सहरबाट राजधानी आयका लाखौको मनमा आउने कुरालाई सुमनले गित मार्फत प्रस्तुत गरेका छन्| साथीसंगी संग बितायको बाल्यकालको याद गर्दै सुमनले साथीहरुलाई फेरी कहिले भेट्ने हो ? भन्ने प्रश्न गरेका छन्| बिद्यालय जदाको मुस्कान, रमाइलो गरेका पल, आँशु पुछेको समय लगायतका कुराको यादलाइ यो गीतमा समेटियको छ| गीतलाई पप धारमा ढालेर राम्रोसंग गयका छन् सुमन रेग्मीले अनि संगीतसंयोजन गरेका छन् बिक्रम कार्कीले |
निकेश खड्काले निर्देशन गरेको भिडियोमा बिद्यालयमा गरिने रमाइला पलहरुलाई प्रस्तुत गरियको छ| अमृत सुनुवार र सुर्य कार्कीले छायांकन गरेको उक्त भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन्|