देशभित्र हरेक चिजहरुमा बेथितीले सिमा नाघि सकेको छ। सरकारी ढंगबाटै नियमत रुपमा कुनै काम हुन नसक्दा आम मानिसहरु समेत नियम कानुनकै बेवस्ता गर्न अघि सर्छन्। सडक देखी सदन सम्मै कानुन बिनाको देश जस्तो बनि रहेको नेपालमा नियमलाई लागु गर्ने निकाय समेत कानमा तेल र आखाँमा पट्टी बाधेर बसेको छ। दिनहु सडक यात्राको सामान्य हेलचेत्र्याईमा कतिले ज्यान गुमाईरहेका छन्। आम नागरिक किन आकाशे पुलमुनीनै बाटो काट्छन? गाडी बाईक चालकहरु जेब्राक्रशमा समेत गती नघटाएर किन दादागरी देखाउछन्? सार्वजनिक यातायातहरुमा समेत आरक्षणको कुनै मूल्य छैन। के यसलाई सुर्धान सानै देखी स्कुले पाठ्यपुस्तकमै पढाईको ब्यवस्था हुनु पर्ने हो? भन्ने बिषयमा हामीले केहि सेलेब्रेटीको राय बुझेका छौ।
हरिबंश आचार्य (हास्यकलाकार)
नेपालको सरकारनै कमजोर छ त्यसैले त मानिस जे गरे पनि हुन्छ भन्ने सोच राख्छ। यहि नेपाली बिदेश गयो भने सबैभन्दा अनुशासित कहलिन्छ तर नेपालमा उही सबैभन्दा उदण्ड हुन्छ। नबुझेको त कसैले पनि छैन यो सबै हेप्ने प्रवृति हो। आम मानिस जा पायो त्यही बाट बाटो काट्छ उता सार्वजनिक यातायात जेब्राक्रशमै मान्छे मार्छ जुहारी नै चल्छ। अब सबै सार्वजनिक यातायतका चालकहरु राजनितिक पार्टीहरुमा आबद्ध छन् मान्छे मारे पनि समिती पार्टीको पावर लगाउछु भन्ने सोच्नाले पनि बेथीति बढेको हो अझ उता सार्वजनिक यातायातमा बाख्राको खोर जस्तो मान्छे खादेको छ त्यसमा आरक्षणका सिट पाउनु त मुश्किलको काम हो। अब ट्राफिकले पनि छड्के जाच गरेर कारवाही गर्ने नियमको दायरामा लेराएको खण्डमा मात्र केहि होला नत्र कुकुरको पुच्छर जति बर्ष ढुब्ग्रामा राखेनी बांगोनै हो।
प्रियंका कार्की (नायिका)
मान्छे बुझेर पनि बुझ पचाउछन्। सडक यात्रामान्छेहरुको मुर्खताले असुरक्षित बनेको हो। जानेर पनि अल्छि गर्नेलाई के गर्न सकिन्छ र कानुन बलियो बनाएर ट्राफिकहरुले पनि व्यबस्थित रुपमा सचेतना जगायो भने अलि घट्छ जस्तो लाग्छ तर बुझेका मानिसहरुनै जा पायो बाटो काट्छन। हतारको यात्राले खराब नतिजा दिन सक्छ भनेर कैले सोच्ने? चालकहरु पनि संम्यमित भएर चलाउनु पऱ्यो पहिला जेब्राक्रशमा पैदल हिड्नेलाई प्राथमिकता दिएर गाडी हाक्न पऱ्यो। आम अभिभावकले पनि आफ्ना छोरा छोरीलाई पनि यसबारे सानै देखी ज्ञान दिन जरुरी देख्छु।
प्रमोद खरेल (गायक)
मानिसहरुमा चेतना त छ तर भित्री मनको चेतनाको अभाव छ। मानिसहरु अनुशासनमा बस्नै खोज्दैनन् जाहाँ पनि शक्ति प्रर्दशन गर्ने सोच राख्नाले पनि सडक दुर्घटना अरु बढिरहेको छ। सडकहरुमा पनि रेलिब ग्रिल राखेको खण्डमा पनि यस्ता कार्यमा कमि आउथ्यो नै तर नेपालका सडकहरुमा आधारभूत आबश्यकताको बिकाश समेत भएका छैनन्। ट्राफिक लाईटहरुले काम गदैर्नन् जति पुराना गाडीहरु पनि गुडिरहेका हुन्छन्।माथिल्लो निकायबाटै यसबारे जासो राख्न जरुरी छ। अन्तराष्ट्रिय सडकहरुको निमार्ण शैली सडक नियमहरु सिकेर त्यस्तै लागु गनेरको खण्डमा सानै देखी नानि बाबुहरुलाई शिक्षा दिनु आबश्यक हुन्छ नत्र यस्तो बाटोको अबस्थामा के शिक्षा दिनु?
जितु नेपाल (हास्यकलाकार)
पढे लेखेका मानिसहरु बढि जान्ने सुन्ने पल्टिन्छन् तर गाडीको ब्रेकले त पढेको हुन्न। सरकारले त्यत्रो लगानी गरेर बनाएको आकाशेपूलकै मुनीबाट शान दिएर हिड्छ त्यो उसको अनुशासनको परिचय हो।हामि जति उदण्ड हुन्छौ उती राजा पल्टिन छौ, बाटो काट्दै गरेका हरुको फोटो खिच्दै मिडियामा प्रकाशित गरेको खण्डमा मात्र डराएर केही कम होला नत्र फाईन लगाउनु पर्छ।उता आकाशे पूलका ब्यापारीहरुलाई पनि महानगरपालिकाले एउटा निश्चित ठाउ दिनु पर्छ ब्यापारीले पुल आफ्नो बनाएका छन् जुन सरासर गलत हो। यता बाटो काट्नेले पनि जेब्रा क्रशको प्रयोग ट्राफिकको ईशारा बमोजिम गनुपर्छ कि त अन्तराष्ट्रिय तरिका अपनाएर सडक बत्ति राख्नु पर्छ।नियमलाई कडा बनाए मात्र एउटा घेरामा बाधिने हो नत्र मनपरीतन्त्रकै बिगबिगी हुन्छ। साना बालवालिकाहरुले आजकल कसरी बाटो काट्ने बुझेका छन् ठुलाले छैनन्।
इन्दिरा जोशी (गायिका)
मानिसहरु असभ्य भईरहेका छन् बुझेर पनि बुझ पचाउछन्। ब्यस्त सडकमा पनि हात देखाएरै बाटो काट्छन सधै का उस्तै दिन हुन्छ र ज्यान पनि जान सक्छ।त्यस्ता जा पायो त्यही बाटो काट्नेलाई हेभी फाईन लगाउनु पर्छ। नेपाल र नेपाल बाहिरको नियमनै आकाश जमिन फरक छ | नेपालमा कानुन भएर पनि कस्ले मान्ने भन्दै हेप्छन यहीनै सबैभन्दा ठुलो गल्ती हो। जा पायो त्यही अनावश्यक हर्न बजाउने जेब्रा क्रशमा पनि गती सिमीत नगर्नेलाई मुद्धानै लगाउनु पर्छ कानुन बारेमा पढ्न जान्ने गरेको खण्डमा यस्ता गलत कार्यले प्रशय पाउदैन नत्र मानिस आफ्नै गल्तीले मृत्युको मुखमा पुग्ने छन्। यस्ता सडक कानुनको शिक्षा सानै देखी पढ्न पढाउन आवश्यक देख्छु म त।
सुगम पोखरेल (गायक)
सडक नियमको बारेमा सबैमा चेतना नभईसकेको जस्तो लाग्छ सबैमा उसबारेमा पहिला ज्ञान पुऱ्याउन आबश्यक छ त्यो संगै चालकाहरुको दादागीरि पैदलयात्रुहरुको मुर्खता पनि कानुनले बाधनु पर्छ उनीहरु पनि कडा कानुन बनाएर लागु गराएर तर्साएको खण्डमा मापसे चेकिबले दुर्घटना संख्या घटाए जस्तै घटाउछ त्यस तर्फ माथिल्लो निकायलेनै एक्सन लिनु आबश्य देख्छु साथै साना नानीहरुको शिक्षण बिधिमा पनि यसबारेमा ज्ञान प्रवाह गर्नु आबश्यक रहेको छ।