२५६० औ बुद्ध जयन्तीको अवसर पारेर बुद्ध म र नेपाल नामक समाजको स्थापना गरिएको छ। बिभिन्न कलाकार र संगीतकर्मीको उपस्थिती रहेको समाजले बुद्धको ज्ञानलाई नेपालको प्रत्येक गाऊ गाऊ सम्म पुगेर फैलाउने उद्देश्य बोकेको शनिवार काठमाडौंमा एक कार्यक्रम बिच जानकारी गराईएको छ।गौतम बुद्धको जन्मथलो नेपाल हुदा हुदैपनि अझैपनि गौतम बुद्धका सिद्धान्त र महाबाणीहरु सबै नेपालीले थाहा नपाईसकेको कारणनै समाजले यस तर्फ काम गर्न लागको जनाइएको छ।
उद्योग बाणिज्य महासंघ बस्तुगत संघका अपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आथित्यतमा सम्पन्न कार्यक्रममा समाजका उपाध्यक्ष एवम् हास्यकलाकार शिवहरी पौडेलले समाज स्थापना गर्नुको मूल उद्देश्यमाथी प्रकाश पारेका थिए। कार्यक्रममा बोल्दै पौडेलले समाजले नेपालको ७५ ओटै जिल्लामा कम्तिका १ शय फिटको बुद्धको मुर्ति स्थापना गरेर बुद्धको ज्ञानको प्रचार गर्नकै लागी बुद्ध
शिक्षालयको स्थापना गर्ने बताए।‘बुद्धले प्रदान गरेको ज्ञानको अभावमा देश छट्पटिरहेको अबस्थामा नयाँ पुस्ताले बुद्धको नबाट पाठ सिक्दै देशलाई समृद्धिको बाटोमा लम्काउनुनै हाम्रो प्रमुख ध्यय हो’ पौडेलले जनाए।
बुद्ध एक व्यक्ति नभई पुर्ण रुपमा ज्ञान भएकै कारण बुद्ध उपदेशलाई सरल रुपमा हरेक नेपाली समक्ष पुऱ्याउनको सकियोस र यसबाट धार्मिक पर्यटनमा समेत टेवा पुग्नेमा पुर्ण बिश्वासको साथ समाजको स्थापना गरेको समाजका अध्यक्ष गौतम मान सिंह डंगोलले जानकारी गराए।नेपालमा बुद्ध जन्मेर पनि नेपालमा भन्दा नेपाल बाहिरका देशहरुमा बुद्ध ज्ञान र मुर्तिहरु को प्रचार निकैने राम्रो रहेको औल्याउदै समाजका उपाध्यक्ष एवम् हास्यकलाकार किरण केसीले दातृ राष्ट्रहरुसंग समन्वय गरेर समाजले काम गर्दै जाने बताए। ‘हरेक जिल्लामा १ शय फिटको मुर्ति र बुद्ध शिक्षलय बनाउनको लागी राम्रै बजेटको खाचो पर्ने हुनाले हामी दातृ राष्ट्र, सरकारी निकाय, उधोग बाणिज्य संघ, उधोगपति संग सहकार्य गर्दै यस पवित्रकार्यलाई मुर्तरुप दिने छौ’ केसीले भने।
समाजका सचिव समेत रहेका गायक डिजकराज पौडेलले पनि सामाजको फन्ड कलेक्सनको लागी साधरण सदस्य र आजिवन सदस्य बनाउने प्रक्रियाको सुरुवात भईसकेको जानकारी गराए। साधारण सदस्य हुनको लागी १ सय ५० रुपैया र आजिवन हुनको लागी ५ हजार शुल्क लाग्ने बताएका पौडेलले समाजको फन्डको लागी आगामी साउन १४ गते प्रज्ञा प्रतिष्ठानमा संगीतिक
कार्यक्रमको आयोजना गर्ने समेत जानकारी गराए।
यता ढिला गरी कार्यक्रमा आईपुगेका प्रमुख अतिथी दिनेश श्रेष्ठले पनि यस पवित्रकार्यमा उद्योग बाणिज्य महासंघले पनि काधमा काध मिलाएर साथ दिने बाचा गरे। ‘राजनितीले जस्तो धर्मको प्रचार नभई बिशुद्ध रुपमा एक नैतिकवान समाज निमार्णको लागी थालनि हुन लागेको यस समाजको कार्यमा हरेक जिल्लाका उद्योग बाणिज्यसंघ हरुले साथ लिनेमा म ढुक्क छु’ श्रेष्ठले भने। गौतम मान सिंह डंगोल अध्यक्ष रहेको समाजमा हास्यकलाकार त्रय सुरेन्द्र केसी, किरण केसी र शिवहरी पौडेल उपाध्यक्ष रहेका छन्। यता गायिका सुनिता दलाल महा सचिव गायक डिज राज पौडेल सचिव र कलाकारहरु नगेन्द्र थापा, शिवशंकर रिजाल, अंम्विका
डंगोल,उर्मिला श्रेष्ठ र मृगेन्द्र भट्टराई सदस्य रहेका छन्।