सरीताको दृष्टिबाट “सिमलको भुवा झै” (भिडियो सहित )

37be3ca0-da00-4390-b68e-b6c01b87241fसिमलको भुवा झैँ उड्ने हो कि मन, कतै अल्झियर चंगा झैँ उड्ने हो कि मेरो मन, मेरो बैसालु चुलबुले पन किन बढ्दै छ आज भोलि झन्, यस्तै सब्द जसले एउटी बढ्दो उमेरकी महिलाको मनको भावना ब्यक्त गर्न खोज्दछ| यी सब्दलाई गितिबद्ध गरेका हुन् रेशम रचकले जसलाई आधुनिक धारमा संगीतबद्ध गरेका छन् टेक नारायण चापागाई (टि एन सि )ले अनि सुमधुर स्वरमा न्यायपूर्ण तरिकाले गायकी छिन् उदयीमान दृष्टि विहिन गायिका सरीता अधिकारीले | पोखराकी यी नव गायिका आधुनिक गिती एल्बम “दृष्टि” लिएर नेपाली सांगितकि क्षेत्रमा उदाएकी छिन्। एल्बम दृष्टिमा समावेश उक्त गित भिडियो सहित सार्बजनिक गरियको छ जसको चर्चा बढने क्रममा छ |

सिर्जन बरालद्धारा निर्देशित गितको भिडियोमा संगितकार टि एन सि संगै करिश्मा ढकालको अभिनय रहेको छ भने कोरसमा अन्य कलाकारहरुले साथ् दियका छन्। यस गितलाई जनता फिल्मिसद्धारा बजार ब्यबस्थापन गरिएको छ।