केटीको नम्बर माग्ने सजिलो तरिका भन्दैछन् फराज अर्पण

लामो समय देखी नेपाली संगीत क्षेत्रमा काम गरीरहेका फराज अर्पणले “महशुस गर” गीतबाट गायन बिधामा निकै नै चर्चा पाए| गायनसंगै संगीत श्रीजना तथा भिडियो निर्देशनमा जमिरहेका फराजले गायन यात्रालाई निरन्तरता दियका छन् पछिल्लो “सर्लक्क मिलेको कम्मर” बोलको गीत मार्फत| उक्त गीतलाई युत्युब मार्फत केहि दिन अगि सार्वजनिक गरेका छन।दर्जनौ गीतमा संगीत र भिडयो निर्देशन गरिसकेका फराज अर्पन को आफ्नै प्रिथक शैली रहेको उनको श्रीजनाहरुबाट महसुस गर्न सकिन्छ। सोहि कुराको निरन्तरता यस गीत मा पाउन सकिन्छ। आफ्नै शब्द, संगीत अनि स्वर मा रहेको यो गित नाचू नाचू लाग्ने पप धारको छ| राम्री केटीलाई जिस्काउने , फोन नम्बर माग्ने खालका रमाइला शब्द रहेको गितलाइ रिकेश गुरुङ्गको संगीतसंयोजनले अझ राम्रो बनायको छ |

https://youtu.be/p7LiPe2SAL4?t=47