शीतलले छरिन माधुर्यता

sitallसंगीत अचम्मको चिज छ यसले मान्छे होस् या अन्य जनावर सबैलाई सबै अवस्थामा साथ दिन्छ| तेसैले होला अन्य पेशामा आबद्ध व्यक्तिहरु पनि संगीतमा तल्लिन देखिन्छन| कोहि गीतकारको रुपमा भने कोहि संगीतकारको अनि कोहि चाही गायक / गायिकाको रुपमा| यसरि पछिल्लो पटक पेशाले कानुन ब्यबसायी शीतल पाण्डे गायिकाको रुपमा आयकि छिन्| उनि भन्छिन “पेशाले कानून व्यवसायी भएपनी संगीत मेरो जिवन हो”।

संगीतलाई आफ्नी जीवन सम्झिने गायिकाले आफ्नो पहिलो आधुनिक एल्बम “शीतल” तयार परेकी छिन| उक्त गीति एल्बममा रहेका ६ ओटा गीत मध्य ३ गीतमा  डा. कृष्णहरी बरालका  शब्द  रहेका छन् भने बाँकी ३ ओटा सितलले आफै कोरेकी छिन्|  २ ओटा गीतमा  गैरे सुरेशको संगीत छ, १ गीतमा  हरि लम्साल, अर्को गीतमा  दिपक शर्माको संगीत रहेको छ भने बाँकी २ ओटा गीतमा संगीत पनि सितलको नै छ| | सोहि एल्बमबाट “नहुने पो हो कि यो सपना पुरा” बोलको गित सार्बजनिक गरेकी छिन्| एउटी मायामा परेकी महिलाले आफु बिबाहित भयर सजिने सपना बुनेको भावलाइ गित मार्फत ब्यक्त गर्न खोजियको छ| संगीतकार गैरे सुरेशले रोमान्टिक संगीत भरेका छन| गीतको भाव पुरा कतिको होला या नहोला तर यी कानुन व्यवसायीको गायिका बन्ने सपना चाही पुरा भयको छ अब यसको निरन्तरता भने श्रोताको साथ सहयोगमा भर पर्ला| शुभकामना छ गायिका शीतल पाण्डेलाइ| जसरि संगीतलाई जीवन सम्झेकी छिन् तेसरी संगीतमै सधै डुब्न अनि डुबाउन पाउन|

One thought on “शीतलले छरिन माधुर्यता

  1. धेरैधेरै बधाई शीतलजी !!!

Comments are closed.