गायिका श्रृजना कार्की एक पछि अर्को गर्दै गीतहरु ल्याउदै छिन्| “लहरको सुसेली” र “रोजेको मैले” उनका चर्चित गितहरु मध्यका २ हुन्| बिषेश गरि आधुनिक गित गाउने यी गायिकाले पछिल्लो पटक पप आधुनिक गित “मनको राजा” सार्बजनिक गरेकी छिन्| सांगितक जीवनका साथै बिद्यालय अध्यापन उनको पेशा हो|
कृष्ण के सी को सब्दमा संगीत भरेकछन चलेका संगीतकार हरि लम्सालले अनि संगीत संयोजन गरेका छन् राजन इशानले | पप आधुनिक प्रकारको सुनिन्छ यो गित| सबै भन्दा सबल पक्ष्य संगीत संयोजन छ भने गायिकाको पनि अहिले सम्मको राम्रो गित भन्दा अतिउक्ति नहोला|
दिपेन्द्र के सी ले निर्देशन गरेको यश गीतको भिडियोमा निता ढुंगाना, आरजू खरेल अनि अर्पनले अभिनय गरेका छन्| राम कुमत के सी ले खिचेको फुटेजलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्| भिडियोमा दुइ नायिकाको जिबन्त अभिनय आकर्षक देखिन्छ| बधाई तथा शुभकामना छ “मनको राजा” समुहलाई|