स्टाईल मन्त्र रिलोडेड फेसन सो सम्पन्न

13501758_977432649031084_5729940529251566956_nफेसनको नौलो स्वाद पस्कन सफल स्टाईल मन्त्रले सन् २०१६ संस्करणको स्टाईल मन्त्र रिलोडेड फेसन सो असार ५ गते होटल ह्यातमा   सम्पन्न गरेको छ।भारतीय ३ मुख्य फेसन ब्राण्डका सय भन्दा बढी उत्पादनमा पूर्व मिस नेपाल मलिना जोशी लगायत २३ सुन्दरीले क्याम्प नापेका हुन्।भारतिय आधुनिक देखी परम्परागत फेसन शैलीका कपडामा सजिएका सुन्दरीहरुले गुजराती सारी देखी लेहेंगा सम्मका डिजाईन हरु पहिरेका थिए।13494819_977432895697726_3389990283332385856_nअमेरीका, दुवई, आफ्ना उत्पादको बिस्तार गरेसंगै एम्बिका फेशनले आफ्ना उत्पादहरु नेपाल भित्र्याएको हो। यता अर्का भारतिय कम्पनीहरु महोत्सव गुप्र र पार्वती फ्याब्रिकले पनि आफ्ना उत्पादनका सुट, सारी, लेहेंगा लगायतका डिजाईनहरु प्रर्दशन गरेको थियो।कार्यक्रममा उत्त तिन कम्पनीहरुका मालिकहरुले आफ्ना उत्पादन र डिजाईनको बारेमा समेत व्याख्या गरेका थिए।

कार्यक्रमलाई पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले संञ्चालन गरेकी थिईन् भने प्रवल श्रेष्ठले कोरियोग्राफ गरेका थिए। क्याम्पमा मलिना जोशीको आलवा रोजिना शाही ठकुरी, दिव्यता बैद्य, अनुग्या चन्द, अनुशा लामा, अपर्ण उपाध्याय, श्रीलंका, बेलायत जस्ता देशमा अस्मिता श्रेष्ठ, आयुष्मा सिंह, लुमन्ती शाक्य, मनिशा बिष्ट, मोनिशा कर्माचार्य, नेहा बानु, प्रियंका मानन्धर, रेनुका सिंह, रिहानी लिम्बु, संन्दिपा आले, शशी श्रेष्ठ, शिखा श्रेष्ठ र सोनी श्रेष्ठले ऱ्याम्पमा हिडेका थिए।