गायक शान्तिम कोइराला अनि कलाकार राजा राजेन्द्र पोखरेलको संयुक्त प्रयासमा नया गित “टेबल फ्यान” भिडियो सहित सार्बजनिक भयको छ। स्मरण रहोस दुवै जना कलाकारितामा लामो समय देखि निरन्तर लागिपरिरहनु भयको छ र दुवै जनाले दि भ्वाइस अफ नेपालको फरक सिजनमा सहभागिता जनाउनु भयको थियो , त्येही बाट धेरैले राजा राजेन्द्रले पनि राम्रो गाउनुहुने रैछ भन्ने थाहा पायका थिय यद्ध्यपी अर्को राउण्डको लागि छानिनु चाही भयन।
दुवै जनाको संयुक्त प्रयाशमा तयार भयको यसगितमा राजा राजेन्द्रको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन चाही उदय राज पौडेलले गरेका छन्।
यो रमाइलो पाराको नाचू नाचू लागनी गीतको भिडियो पनि राम्रो बनेको छ। बिस्ट ब्रोदर्स नेपालको कोरियोग्राफी राम्रो छ, निर्त्याका स्टेप्स नया छन्। यो भिडियोको निर्देशन द्वय आदित्य बिक्रम अछामी र रोशन बिस्वकर्माले गरेका हुन् । सरोज पर्जा र बिना राउतको अभिनय , निर्त्य प्रसंशायोग्य छ। भिडियोलाई छायांकन योदीन योञ्जनले गरेका छन् भने सम्पादन टार्जन लिम्बुले गरेका छन्। बधाई तथा शुभकामना छ टेबल फ्यान समुहलाई गीतले सिखर चुम्दै जाओस।