कतिपयले जिन्दगीलाई नै यात्रा रहेछ भन्दछन भने कतिले यात्रालाई विभिन्न किसिमले यादगार बनाउने कोसिस गर्दछन| तेसैले पनि यात्रा आफैमा एउटा जिन्दगीको उत्कृस्ट पल हो| कति योजना अनुरुप कति बिना योजना । यात्रा दौरानमा भएका कतिपय घटनाहरु सम्झन योग्य र सधैका लागि अविस्मरणीय रहन्छन ।
युभा फिल्मस्को व्यानरमा निर्माण गरिएको फिल्म “सफर”को फस्ट लुक र टिजर सार्वजानिक गरिएको छ । फिल्ममा तीन साथीले तय गर्ने यात्राको कथा समावेश गरिएको छ । यात्राको क्रममा साथीहरुबिचको अविस्मणीय क्षण, उतारचढाव लगायत विभिन्न रियल घटना सफरमा पाउन सकिन्छ । चलचित्रको सम्पुर्ण छायांकन अमेरिकामा गरिएको छ ।
मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठलाई मुख्य भुमिकामा देख्न सकिन्छ भने आशिष श्रेष्ठको सम्पादन र निर्देशन रहेको छ । केशब खड्काको कथा रहेको “सफर” असोज १४ बाट देशैभरि प्रर्दशनमा आउँदैछ । फिल्ममा सत्यराज आचार्य, धर्मेन्द्र सेवान र उज्वल मेघी गुरुङको म्युजिक सुन्न सकिन्छ भने फिल्मको गीतमा सब्द उत्तम भौकाजी , अर्जुन सुबेदी र उज्वल मेघी गुरुङको रहेको छ । स्मरण रहोस् “सफर” अशोज १४ (सेप्टेम्बर ३०)बाट प्रर्दशन हुदैछ ।
https://youtu.be/4jzHe5ti7vM?t=2