अमेरिकामा बन्यो सरु पराजुलीको तीज गीत

14037761_1094294497332299_1876276367_oगायिका सरु पराजुली आफ्ना ३  ओटा गीति संग्रह निकाले पछि, केहि समय देखि आफ्नो परिवार संगै अमेरिकामा बस्दै आयकि छिन्| नेपालमा रहदा सरु कहिले संगीत सिक्ने, कहिले सिकाउने, गाउने , संगीत भर्ने देखि म्युजिक कम्पनि चलाउने सम्मका सांगीतिक क्रियाकलापमा सक्रिय थियिन| पारिवारिक परिबन्दले गर्दा पनि अमेरिका आयपछी सांगीतिक रफ्तार कम भयको थियो तर सहयोगी मात्र नभई गीतकार श्रीमान भयकाले उनलाई सांगीतिक निरन्तरता दिनका लागि सहज हुन थालेको छ|

सरुका श्रीमान गीतकार शिव चम्लागाईको सब्द अनि संगीतमा सारुले अमेरिकाको सिन्सिनाटि सहरमा अवस्थित एल आर एस (L R S ) स्टुडियोमा अगष्ट १५, २०१६ मा “बर्षेनी आउने नारीले मान्ने” बोलको तिज गितको रेकोर्ड सम्पन्न भएको छ| उक्त गीतमा संगीत संयोजन साहस शाक्यको रहेको छ/ सुगम संगीतमा आधारित यो तीज गीत यस प्रकार छ: बर्षेनी आउने नारीले मान्ने यो तीजै रमाइलो खुसि बनाउने दु:ख भुलाउने यो तीजै रमाइलो यो अमेरिकामा रेकोर्ड भएको पहिलो तीज गीत हुन सक्ने गायिका बताउंछिन्| गीतको भिडियो छायांकन गरेर छिट्टै सार्बजनिक गरिने भयको छ| शुभकामना सरु र शिव दाम्पतिलाई उहाहरुको सांगीतिक यात्रा निरन्तर चलिरहोस|