राम बज्यू तामांगको “तिमि हास्दा डिम्पल पर्छ”

सानै देखि गीत संगीत रुचि हुदै आएका अनि सिन्धुलीमा जन्मेर बिभिन्न प्रतियोगितामा भाग लिदै आएका गायक राम बज्यू तामांगको “तिमि हास्दा डिम्पल पर्छ” बोलको नयाँ गीत सार्बजनिक भएको छ । नेपाल आइडलको Top 60 मा पुग्न सफल भएका गायक राम बज्यू तामांगको यो गीत “तिमि हास्दा डिम्पल पर्छ” मा दिपक भट्टराई ” निश्चल”को शब्द रचना अनि संगीतकार हरि लम्सालको संगीत रहेको छ । गीतमा डिम्पलको कुरा गरियता पनि भिडियोमा भने डिम्पल देखिदैन।

यो गीतको म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन, निशान घिमिरेको सम्पादन अनि अर्जुन अधिकारीको निर्देशन रहेको छ ।यस्तै भिडियोमा ईण्डीयन टिभी स्टार प्लस बाट सन्चालन भएको डान्स प्लसको 2nd runner up हुन सफल र अन्य विविन्न अन्तरास्ट्रिय निर्त्य प्रदर्शन गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल डान्स ग्रुप “वाईल्ड रिपर्स” अनि सारा सिर्पालीको अभिनय रहेको छ ।