गित संगीत क्षेत्रका चर्चित व्यक्तित्व श्रीकृष्ण बम मल्ल कुनै बेलाका कुशल भलिबल खेलाडी हुन्| बिगत केहि बर्ष देखि उनि संगीतकार, गीतकार, गायक तथा मोडलको रुपमा व्यस्त छन् र अहिले पछिल्लो पटक आउदा सम्म उनि निर्देशक पनि बनिसकेका छन्| उनै बहुप्रतिभाशाली व्यक्तित्व श्रीकृष्ण बम मल्लको सब्द अनि संगीतमा शान्तिम कोइरालाको स्वरमा नया गित भिडियो सहित सार्बजनिक भयको छ|
तिमीलाई राम्रो मानुन.. बोलको उक्त गीतमार्फत हाम्रो समाजमा अझै पनि कति ठाउमा रहेको जातको आधारमा गरिने विभेद तथा बिधुवा भनेर जुन हेप्ने चलन, विरुद्धको आवाज उठाउने प्रयास गरेको देखिन्छ| तिमीलाई अरुले जे भनुन, जे मानुन, काँडा ठानुन मलाई फरक पर्दैन, म तिमीलाई माया गर्न, आफ्नो बनाउन तयार छु भन्ने भावाना गीतमा पाइन्छ| आफु मान्छे असल हुदा हुदै पनि समाजको नजरमा हेपिनु परेको, परिस्थितिले गर्दा दुखि हुनु परेको महिला जसको जिन्दगि निरस छ उसलाई माया गरेर उसको जिन्दगीमा रंग ल्याउने प्रयास बनेको छ यो गित| सुमधुर संगीत अनि सोहि अनुरुपको गायकीले सुनिरहू लाग्ने बनेको छ| गोपाल रसाइलीको संगीत संयोजन रहेको यो गित आधुनिक लाभ संग मन पराउनेका लागि अनुपम उपहार बनेको छ|
शान्तिम कोइरालाको आफनै निर्देशनमा निर्माण भयको भिडियोमा गीतकार मानस राज र सम्पदा बानियाले प्रसंसनिय अभिनय गरेका छन्| गीतको भावलाई सक्दो भिडियोको कथा बस्तुबाट उतार्ने प्रयास धेरै सम्म सफल रहेको देखिन्छ|राम कुमार के सी को छायांकन रहेको उक्त भिडियोलाई माधब बेलबासेले सम्पादन गरेका हुन्|