देवदत्त र कृष्णले गराय मन जलाउने बिहे !!!

devप्रेम वियोगको भावलाई कलात्मक ढंगले आफ्नो कलम मार्फत अभिव्यक्त गर्न खप्पिस् युवा गीतकार देवदत्त भट्टको रचना र भजन गायकका रुपमा ख्याती कमाएका गायक कृष्ण भण्डारीको आवाजमा रहेको “तिमीले बिहे गर्यौ अरे….”बोलको गीतको कुरा हो यो । आफ्नो प्राण भन्दा पनि प्यारी प्रेमिकाको सिउँदो अरु कसैले रङ्गाएको हल्ला चल्दा प्रेमी विक्षिप्त बन्नुपरेको कथावस्तुमा आधारित एउटा मार्मिक गीतको रचना गरे युवा गीतकार देवदत्त भट्टले अनि शब्दको मर्म लाई समातेर संगीत संगीत र स्वरले जीवन्त पारे गायक कृष्ण भण्डारीले । यस गीतलाई नेपालकै राम्रो बाँसुरीवादकको रुपमा ख्याती कमाएका गायक तथा संगीतकार बलराम समालले एरेञ्ज गरेका हुन ।
युवराज वाईबाको निर्देशन रहेको उक्त गीतको भिडियो झापाको पर्यटकीय क्षेत्र जामुनखाडी लगायत विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको छ ।चर्चित मोडल बिनोद न्यौपाने,श्रेया भण्डारी र रमेश तिवारीको अभिनय देख्न पाईने यस भिडियोमा बिक्रम डिसीको छायाङ्कन तथा सुरेश राउतको सम्पादन रहेको छ । श्रोताको भावनालाई मध्यनजर गर्दै अरु राम्रा गीतहरु आउने क्रम जारी रहेको गीतकार देवदत्त भट्ट तथा गायक/संगीतकार कृष्ण भण्डारीले बताएका छन । नेपाली सुगम संगीतमा सधैँ स्तरीय सांगीतिक श्रृजनाका माध्यमद्वारा श्रोता एवं दर्शकहरुको अपार माया पाईरहने विश्वास् स्रष्टा द्वय भट्ट र भण्डारीले व्यक्त गरेका छन् । हाम्रो तर्फबाट पनि यस गीतको सफलताको कामना गर्दछौँ ।