संगीतकारको रुपमा केहि समय अगि नेपाली सांगीतिक फाँटमा “जिजीविषा” एल्बमका साथ् देखा परेका विकेश साउदेन गायकको रुपमा पनि पाइला चाल्न थालेका छन्| विकेश साउदेनद्वारा रचित, संगीतबद्ध तथा स्वरांकन गरियको गित ‘तिम्रो आँखाको भाका’ भिडियो सहित सार्वजनिक भएको छ। आफ्नी प्रेमिकाको भावानाबुझ्न नसकेको कुरा सब्दमा बुनियको छ | आँखाको भाका, मौनताको अर्थ आदि बुझ्न नसकेको अनि बुझ्न खोज्दा पनि प्रस्ट कारण नाबतायकोले सम्बन्ध टाडीयको कुरा गीतमा पाउन सकिन्छ| विकेशले आफ्ना यी सब्दलाई मेलोडी पप सैलिमा संगीतबद्ध गरेर अनिल शाहीलाइ संगीतसंयोजन गरायका छन्।
गीतलाई गायक उजन नेम्बाङ्गले निर्देशन गरेका छन्। उत्सव दाहालले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोमा रेडियो तथा टेलिभिजनकर्मी महेश लिम्बु र रोजी खत्रीले अभिनय गरेका छन् ।
https://youtu.be/x6YvdxwCRZ8?t=213